नयाँ शिक्षकलाई पुरानाले हाजिर गर्नै दिएनन्

८ भदौ, काठमाडौं । सीतापाइलास्थित सीतापाइला उच्च माध्यमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय काठमाडौंले माध्यमिक तहको दरबन्दीसहित नयाँ शिक्षक नियुक्त गरेर पठायो । तर, नियुक्तिपत्र लिएर गएका ती शिक्षकले विद्यालयमा हाजिर हुन पाएनन् । विद्यालयको प्रधानाध्यापक सावित्री शर्माले भनिन् पठायो । तर, नियुक्तिपत्र लिएर गएका ती शिक्षकले विद्यालयमा हाजिर हुन पाएनन् । विद्यालयको प्रधानाध्यापक सावित्री शर्माले भनिन्, ‘हामीलाई विज्ञानलगायत विषयको शिक्षक चाहिएको थियो । तर जिशिकाले अन्य विषयको शिक्षक पठाइदियो । आवश्यकता परेका विषयको शिक्षक नपठाई अन्य शिक्षक पठाएकाले नयाँलाई हाजिर गराउन नसकिएको हो ।’-अन्नपूर्ण पोस्टमा खबर छ । मीनभवनस्थित सिद्धेश्वर माध्यमिक विद्यालयले पनि जिशिकाबाट नयाँ नियुक्तिपत्र लिएर आएका माध्यमिक तहका शिक्षकलाई हाजिर गर्न दिएन । नयाँ शिक्षकलाई हाजिर गराउन नसक्नुमा विद्यालयका प्रधानाध्यापक प्रभाकर न्यौपानेले आवश्यक भन्दा फरक विषयका शिक्षक पठाउने जिशिकालाईदोस दिएका छन् । न्यौपानेले भने, ‘जिशिका विद्यालयलाई आवश्यकता परेको भन्दा आफूलाई मन परेको शिक्षक मात्र पठाउँछ । विषयगत रुपमा पढाउन नसक्ने शिक्षकलाई किन राख्ने भनेर फिर्तार् पाठइदियौं । ‘ जिशिकाले शिक्षक दरबन्दीको आवश्यकता सम्बन्धमा अध्ययन नै नगरी मनपरी शिक्षक पठाउँदा निजी स्रोतबाट चलेका थुप्रै सामुदायिक विद्यालय समस्यामा परेको न्यौपानेले बताए । राजधानीका यस्ता दर्जनौं विद्यालयमा अहिले शिक्षक दरबन्दी मिलानमा विवाद देखिएको छ । 

0 comments

Write Down Your Responses

Powered by Blogger.