सम्बन्ध लुकाउन सासुको हत्या


परपुरुषसँगको अवैध शारीरिक सम्बन्ध लुकाउन एक बुहारीले सासूको हत्या गरेको घटना खुलासा भएको छ । आजको कान्तिपुर दैनिक लेख्छ, सेढवा २ की ४२ वर्षीया सासू आशादेवी खनाल पासवानको २० वर्षीया बुहारी रिन्कु खनाल पासवानले पुरुष साथीको सहयोगमा हत्या गरेको प्रहरी अनुसन्धानपछि जनाइएको छ । रिन्कुलाई प्रहरीले पक्राउ गरेको छ । उनका सहयोगी भने फरार छन् । भदौं १२ गते बिहान आशाको शव घर नजिक परसवा खोलाको कासँघारीमा घाँटी रेटेर फालेको अवस्थामा फेला परेको थियो । घरबाट घिर्सादै शव लगेकाले प्रहरीले रिन्कुमाथि अनुसन्धान गरेको थियो । आशाले स्थानीय एक पासवान थरका पुरुषसँग विवाह गरेकी थिईन । आशाका छोरा सुरज वैदेशिक रोजगारीका लागि ४ महिना अघि कतार थएका थिए । त्यसपछि रिन्कुसँग ती पुरुषको शारीरिक सम्बन्ध कायम रहेको खुलेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.