काठमाडौ,
पुस ५ -
न्यानो पार्न बायो बिक्रेट बालेर कपनको एउटा कोठामा गत शुक्रबार सुतेका
दुई युवा पुनः ब्युँझिएनन् । त्यही 'न्यानो' उनीहरूको काल बन्यो । हावा
राम्ररी पास नहुने कोठामा उनीहरूको निसासिएर मृत्यु भयो ।
नगरकोटको होटलमा मृत पाइएका दुई चिनियाँ नागरिकको मृत्युको कारण पनि
गुम्सिएको ग्यास नै भएको पाइएको छ । त्यसबाट कार्बन मोनोअक्साइड ग्यास
निस्कन्छ, जसको विषाक्त प्रभावले ज्यानै लिन्छ । त्रिवि शिक्षण अस्पतालका
फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्ती त्यसैले सचेत रहन सबैलाई सल्लाह
दिन्छन् ।
विज्ञहरूका अनुसार चिसो याममा झ्याल-ढोका लगाएर वा राम्ररी हावा आउ-जाउ
गर्न नसक्ने ठाउँमा आगो बाल्दा यस्ता दुर्घटना हुन्छन् । मट्टतिेल स्टोभ,
हिटिङ सिस्टम, जेनरेटर, चुरोट, इन्धन हिटर, ग्यास गिजर, ग्यास स्टोभ आदिबाट
पनि कार्बन मोनोअक्साइड निस्कन्छ । गुम्सिने ठाउँमा ती बालेर बस्नु हुँदैन
।
'यो ग्यासले कमजोर बनाउँछ, चेतना हराउँछ, प्रभावित व्यक्तिले कराउन पनि
सक्दैन,' डा. वस्ती भन्छन्, 'अन्ततः लठ्ठ परेर मृत्यु नै हुन्छ ।' आगो
ताप्नै परे झ्याल खुला राख्न र सुत्नुअघि निभाउन उनले सुझाव दिए । उनका
अनुसार विद्युत् हिटर चलाउँदा पनि झ्याल खुला राख्नुपर्छ ।
ग्यास गिजर भएका बाथरुममा हावा ओहोर-दोहोर गर्न झ्याल खुल्ला हुनैपर्ने
उनले बताए । गत वर्ष ग्यास गिजरको गुम्स्याइले दुई जनाको मृत्यु भएको थियो ।
कार्बन मोनोअक्साइड रंगहीन, गन्धहीन ग्यास रहेको जानकारी दिँदै त्रिवि
केन्द्रीय विभागका रसायन शास्त्री प्रा डा. विनय झा भन्छन्, 'यो कार्बनडाइ
अक्साइडभन्दा खतरनाक हुन्छ ।'
न्यानो खोज्दा होसियार !
Powered by Blogger.
0 comments
Write Down Your Responses