प्रचण्डले धाँदली गरेर चुनाव जितेको भन्दै अदालतमा उजुरी
१८ मंसिर, काठमाडौं । सिराहा क्षेत्र
नम्बर ५ बाट विजयी बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध
बुथ कब्जा गरेर जितेको भन्दै संविधानसभा अदालतमा उजुरी परेको छ ।
प्रचण्डका
निकटतम प्रतिद्धन्दी एवम् एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले पर्यवेक्षकको
प्रतिवेदन, सञ्चारमाध्यमका समाचार र मतपरिणामको तथ्याङ्कसहित मंगलबार
अदालतमा उजुरी दिनु भएको हो । उजुरीपछि पत्रकार उम्मेदन गरेर श्रेष्ठले दुई
गाविसका तीन मतदान केन्द्र अन्तर्गतका ६ वटा बुथ कब्जामा लिएर एमाओवादीले
अरुलाई मत हाल्नै नदिई सबै आफ्नो पक्षमा हालेको दावी गर्नुभयो ।
कल्याणपुर कालाबन्जर गाविसको प्राथमिक
विद्यालय कल्याणपुर काला बञ्जर मतदान केन्द्रको क र ख बुथ, सोही गाविसको
वडा नम्बर ८ र ९ अन्र्तगतको प्राथमिक विद्यालय बडहरामालको क र ख बुथ गरी
दुई गाविसका ६ बुथ कब्जा गरिएको उहाँको दावी छ ।
कब्जा गरिएका क्षेत्रमा पुन मतदान गराउन
माग गर्दै उहाँले पुन मतदान गराइए आफ्नो जित सुनिश्चित भएको दावी गर्नुभयो ।
आफूलाई सिराहाको जनताले नहाराएकोले हार स्विकार नगर्ने भन्दै उहाँले
भन्नुभयो सिराहाका जनता मेरो पक्षमा छन् । मैले जितेको हो । फेरि धाधली
गरेको क्षेत्रमा चुनाव भए म सहजै चुनाव जित्छु । ११ गाविसमा मेरो अग्रता
हुने दुई गाविसमा मलाई भोट नआउने अनि प्रचण्ड जित्ने यस्तो हुन सक्दैन ।’
0 comments
Write Down Your Responses