३५ वर्षअघि लुटपाट, फेसबुकबाट माफी मागे

कुरा न्यूयोर्कको १९७० को दशकको हो । नेचुरल हिस्ट्री संग्राहलयबाहिर एक व्यक्ति लुटिए । अब लुट्ने व्यक्तिले ३५ वर्षपछि फेसबुकमा माफी मागेका छन् ।
माइकल गुडम्यानले नेचरल हिस्ट्री संग्राहलयबाहिरले क्लोद सोफलको बस पास लुटपाट गरेका थिए । जब उनले एक पसल बन्द हुन लागेको बारेमा फेसबुकमा एक पोष्ट पढे, उनलाई थाहा भयो र माफी माग्दै म्यासेज पठाए ।
सोफलले सन्देशको सवाफ दिएका छन् र माफी स्वीकार गरेका छन् । फेसबुकमा गुडम्यानले लेखेको छन्–तपाईलाई यो कुरा याद नहुनसक्छ तर, यो निकै पुरानो (१९७६ वा ७७ ) को कुरा हो । म तपाईको नजिक आएको थिएँ र बस पास लुटेको थिएँ । मैले न त्यो घटना भुल्न सकेको छु न तपाईको नाम ।’ उनले अघि लेखेका छन्–अहिले म भन्न सक्छु कि मलाई निकै अपसोच छ । त्यसैले एक पटक फेरि तपाईको उक्त समय बस पास लिएकोमा म तपाईसँग माफी माग्छु ।’
गुडम्यानले यस्तो सन्देश पठाएको केही समयपछि सोफेलले जवाफ दिएका छन् । उनले खेलेका छन्–निश्चित पनि तपाई अहिले राम्रो मान्छे बनिसक्नु भएको छ । म पनि तपाईको नाम चिन्न सक्छु । तपाईको माफी स्वीकार गर्छु । यसैले अब यो घटनालाई विर्सिदिनुस् ।’
गुडम्यानले यो पनि लेखेका छन् सक जुन दिन उनले लुटेका थिए, नजिकै प्रहरी थिए र उनलाई तत्कालै पक्राउ गरेको थियो । उनले भनेका छन्–मेरो बाबुलाई काम छोडेर अउनु परेको थियो र उहाँ निकै दुःखी हुनुहुन्थ्यो ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.