इमरान खानलाई धम्की

इस्लामावाद। पाकिस्तानमा पोलियो अभियानमा खटिएका समूहमाथि भएको आक्रमणको निन्दा गरेको आरोपमा आतङ्ककारी समूहले पाकिस्तानका विपक्षी नेता अर्थात पूर्व क्रिकेट हिरो इमरान खानलाई धम्की दिएको छ । खानले बुधबार पाकिस्तानमा पोलियो अभियानमा लागेका समूह र सुरक्षाकर्मी माथि भएको आक्रमणको मानवीय हिसाबबाट इस्लाम र पाकिस्तानले कुनै न्याय नगरेको आरोप लगाउनुभएको थियो । विश्वमा पोलियो प्रकोपबाट अझै पनि सताइरहेको तीन वटा देशमध्ये पाकिस्तान पनि एक हो । पोलियो खोप अभियानमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमाथि बारम्बार हुने आक्रमणको निन्दा गरेको आरोपमा तेहरिक इ तालिवान पाकिस्तानका छाता समूहमा पर्ने आतङ्ककारी समूहले धम्की दिएको खानको पार्टी तेहरिक इ इन्साफ (पिटिआइ)ले एएफपी समाचार समितिलाई बताइएको छ । अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने उत्तरपश्चिम पाकिस्तानको आदिवासी इलाका यस रोगबाट अत्यन्त प्रभावित भएको पाइन्छ । उत्तरपश्चिम पाकिस्तानको वाजिरिस्तान प्रान्तको आदिवासी इलाकामा गतवर्ष नै तालिवान आतङ्ककारीहरूले पोलियो खोपलाई प्रतिबन्ध गरेका थिए । सन् २०१२ को जुन महिनामा तालिवान आतङ्ककारीहरूले यस पोलियो खोपलाई प्रतिबन्ध लगाएयता हालसम्म सो अभियानसँगै सम्बन्धित २६ भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पाकिस्तानमा यसवर्ष पोलियोसँग सम्बन्धी ६२ वटा समस्याहरू देखा परेका छन् । यसैगरी सन् २०१२ मा पोलियोसँग सम्बन्धित ५८ वटा समस्या देखा परेका थिए । रासस/एएफपी

0 comments

Write Down Your Responses

Powered by Blogger.