पूर्वमन्त्रीका भाई १८ वर्षपछि फेसबुकमा भेटिए

पुस, काठमाडौं । पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्कीले १८ वर्षअघि नै हराएका आफ्ना भाइको माया मारिसकेका थिए । उनी जिउँदै होलान् भन्ने त चिताएकासम्म थिएनन् ।
एक साताअघि मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा आएको ‘फेन्ड रिक्वेस्ट’ (साथी बन्ने आग्रह) उनको निम्ति जिन्दगीकै सबभन्दा ठूलो आश्चर्य बन्यो ।
दाई युवराज कार्की(बायाँ) र १८ बर्षपछि फेसबुकबाट भेटिएका भाई पुण्यराज कार्की(दायाँ)
त्यो ‘फेन्ड रिक्वेस्ट’ आएको थियो, पुण्यराज कार्कीको नामबाट ।
‘सुरुमा त चिन्नै सकिनँ । यत्तिका वर्षपछि उसको फोटो देखेको थिएँ । अनुहार निकै बदलिएछ । हल्का दारी पलाएको रहेछ । अनुहारमा कताकतति चाउरी पनि परेछन्,’ कार्कीले भने, ‘तर नाम पनि उही, झट्ट हेर्दा उस्तै उस्तै लाग्ने । मैले आफूलाई थाम्नै सकिनँ । हो न हो यो मेरो भाई नै हो भन्ने लाग्यो ।’
युवराजले हतारहतार पुण्यको फेसबुक प्रोफाइल क्लिक गरे । त्यहाँ उनको टेलिफोन नम्बर थियो । भारतको नम्बर रहेछ । उनले आफ्ना भतिजलाई फोन गर्न लगाए । भतिजले नम्बर डायल गरे । उता फोन उठेपछि दुवैको कुराकानी सुरु भयो । पुण्यको वास्तविक परिचय पहिचान गर्न दसतिरबाट प्रश्न सोध्न थालियो ।
यता टेलिफोनमा सवाल जवाफ चल्दै थियो, उता युवराजको ढुकढुकी बढ्दै थियो । आखिरमा उनको शंका सही सावित भयो । ती व्यक्ति उनै पुण्य रहेछन्, १८ वर्षअघि हराएका उनका भाई । निश्चित हुनेबित्तिकै युवराजले आफूलाई थाम्नै सकेनन् । हतारहतार भतिजको हातबाट फोन खोसेर लिए । र, आफैं कुरा गर्न थाले ।
‘भतिजले यकिन गरिसकेपछि किन किन म त अडिनै सकिनँ, तुरुन्तै फोन टिपे उनले भने,’उसको स्वर पहिलेको जस्तो थिएन । भाषा पनि पुरै फेरिएछ । इन्डियनजस्तै बोल्दो रहेछ ।’

दाई युवराज कार्की(बायाँ) र १८ बर्षपछि फेसबुकबाट भेटिएका भाई पुण्यराज कार्की(दायाँ)
युवराजको मनमा अनेक प्रश्न सल्बलाइरहेका थिए । तर १८ वर्षपछि फेला परेका भाइलाई एकै समटमा सबै चिज सोध्न मन मानेन् । चाहेर पनि सोध्न सकेनन् । किनकी, त्यो क्षण यति भावुक बनेको थियो, न उनी केही सोध्न सकिरहेका थिए, न पुण्य केही जवाफ दिन । दाइको आवाज चिन्नेबित्तिकै पुण्य क्वाँक्वाँ रुन थालेछन् । उनको रुवाईको जवाफ युवराजको आँखाबाट अविरल बगिरहेको आँसुले दिइरहेको थियो । पुण्य २०५२ सालमै घर छाडेर हिँडेका थिए ।
उनी श्रीमती र एक वर्षे छोरासँग राजधानी डल्लुमा बस्थे । त्यहीँ उनको किराना पसल थियो । श्रीमतीसँगको असमझदारीले उनले घरबार छाडेका थिए । उनी पहिले नेपाल प्रहरीमा भर्ती हुन चाहन्थे । तर, कठिन तालिमका कारण टिक्न सकेनन् ।
अहिले उनी जैन सोसाइटी अफ इन्डियाले आयोजना गर्ने ‘अल इन्डिया टुर’का काम गर्छन् । लामो समयपछि परिवारको सम्पर्कमा आउँदा पुण्यले निक्कै खुसी मानेका छन् । तर, उनी अब नेपाल र्फकन चाहँदैनन् । ‘ अब यतिका बर्षपछि नेपाल फर्किएर नयाँ जीवन सुरु गर्नु मेरो लागि निकै कठिन छ,’४८ वर्षका उनले टेलिफोनमा भने, ‘त्यसैले म र्फकन चाहान्न । अहिले आएर नेपाल फर्के भने मैले जिरोबाट सुरु गर्नुपर्छ । ‘
उनी आफैंले पनि दाजुलाई फेसबुकमा फेन्ड रिक्वेस्ट पठाएका होनन् । दाजु हो भनेर चिनिसकेपछि एकजना साथीले रिक्वेस्ट पठाइदिएको उनले बताए । उनी तर परिवारको सम्पर्कमै आउन चाहन्थेनन् । किनकी, दावुहरुले फेला पार्नेवित्तिकै कुनै हालतमा नेपाल र्फकन कर गर्नेछन् भन्ने उनलाई भलिभाँती थाहा थियो ।
‘म फेसबुकसँग अभ्यस्त मान्छे पनि होइन, उनै साथीले फेसबुक चलाउन सिकाइरहेका छन्, दाईलाई रिक्वेस्ट पठाएको पनि उनलैले हो, ‘ पुण्यले भने, ‘त्यति गर्दा परिवारको सम्पर्कमा आइन्छ भन्ने भएको भए म कुनै हालतमा पनि त्यसो गर्न दिने थिइनँ ।’ उनले  नागरिक दैनिकसँग भने ।
झापाका स्थायी बासिन्दा उनीहरुका पाँच दाजुभाई छन् । पुण्य सबैभन्दा कान्छा हुन् । हराएका पुण्य फेला परेको खबर सबै दाजुभाइकहाँ पुगिसकेको छ । सबैले फोन गरेर कुराकानी गरिसकेका छन् । उनका दुईज्ना दाजु त अचेल जर्मनीमा बस्छन् । उनीहरुले पुण्यलाई उतैबाट पैसाधरी पठाइदिएछन् ।
‘म एकदमै भाग्यमानी हुँ, यति धेरै माया गर्ने दाइहरु पाएको छु,’ पुण्यले भने, ‘म बाआमालाई पनि खुब सम्भिmन्छु, उहाँहरुबिना इन्डियामा यसरी बस्नु मेरो जिन्दगीकै सबैभन्दा ठूलो अभाव हो ।’ अन्तिममा उनले कुरा टुंग्याउँदै भने, ‘तर म अब नेपाल र्फकन चाहन्न ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.