नीताको पनि सेक्स टेप


नायिकाको सेक्स टेप प्रकरण त पुरानै हो। यसमा अर्की नायिका पनि थपिएकी छिन्— नीता ढुंगाना। यी नायिकाको सेक्स टेप हालसालै सार्वजनिक भएको हो, तर उनको सेक्सटेप प्रकरणचाहिँ साँच्चैको नभै एक म्युजिक भिडियोका लागि मात्र रहेछ। नीता अभिनित तमाम ती सपनाहरू गीतको म्युजिक भिडियोमा निताले सेक्स टेप प्रकरणमा परेकी एक युवतीका रूपमा अभिनय गरेकी छिन्। नीताले गीतका मोडल एसराज गराचको बदमासीका कारण लिक हुन पुगेको सेक्स टेपका कारण दुःखी भएको चरित्रमा अभिनय गरेकी हुन्। सञ्जीवनीले गाएको उक्त गीतको शब्द गायत्री थापाले लेखेकी हुन् भने म्युजिक भिडियो निर्देशन विदुर खतिवडाले गरेका हुन्। डिजिटल डिभाइसको दुरुपयोग गर्दा मानिसको करियर समाप्त हुनसक्छ भन्ने सन्देश उक्त भिडियोले दिएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.