फेसबुक प्रयोगकर्ताका प्रिय सेलिब्रेटी

नेपालमा फेसबुक टि्वटरजस्ता सामाजिक सञ्जाल लोकप्रिय हुँदै गएका छन्। लोकप्रियतासँगै तिनका प्रयोगकर्तार्हरू पनि बढेका छन्। आमफेसबुक प्रयोगकर्ताले फेसबुकमा बनेका विभिन्न सेलिब्रेटी, राजनीतिकर्मी, पत्रपत्रिका, ब्रान्ड आदिका पेज मन पराएर उनीहरूलाई पछ्याइरहेको पाइन्छ।

आचार्यलाई संसारभर तहल्का मच्चाउन सफल गायिका सकिराले जितेकी छिन्। सकिराको ख्याति नेपालमा अत्यधिक रहेको फेसबुकमा उनको फ्यान फलोइङले देखाउँछ। नेपालभित्रै रहेर फेसबुक चलाउनेहरूमा उनका फ्यान फलोअर सबैभन्दा बढी अर्थात ३ लाख १७ हजार ३ सय ९८ छन्। संसारभर उनका फ्यान फलोअर भने ७ करोड ५५ लाख ९१ हजारभन्दा बढी छन्।

नेपालभित्र मन पराइएका दोस्रो र तेस्रो सेलिब्रेटी भने नेपाली नै छन्। दोस्रोमा हरिवंश छन् भने उनलाई नेपाली र्‍यापर यमबुद्धले नजिकबाट टक्कर दिइरहेका छन्। आइतबार बिहानसम्मको संसारभरको तथ्यांक हेर्दा यमबुद्धले हरिवंश आचार्यलाई पछाडि पारेका थिए भने नेपालमा चाहिँ हरिवंशकै फ्यान बढी देखिए। हरिवंशलाई ३ लाख ७ हजार ८२२ जना नेपाली फेसबुकप्रयोकर्ताले मन पराएका छन् भने संसारभर ३ लाख ९८ हजार २ सय ६६ जनाले मन पराएका छन्। हरिवंशलाई पछ्याइरहेका र्‍यापर यमबुद्धलाई २ लाख ९४ हजार ४ सय ८८ जना नेपाली फेसबुक प्रयोगकर्ताले मन पराएका छन् भने संसारभर ४ लाख १५ हजार ४३६ जनाले मन पराएका छन्।

नेपाली फेकबुक प्रयोगकर्ताले मन पराएका चौथो पात्र बलिउड कलाकार सलमान खान हुन्। टेलर स्विफ्ट यो सूचीको पाँचौं नम्बरमा छिन् भने छैटौं नम्बरमा बलिउडकै कलाकार दीपिका पादुकोण छिन्। दीपिकालाई पूर्व मिस नेपाल माल्भिका सुव्वाले पछ्याइरहेकी छिन्। माल्भिकालाई २लाख ३८ हजार २ सय ५६ जना फेसबुक प्रयोगकर्ताले पछ्याएका छन्। उत्कृष्ट दसको यो सूचीमा एकोन आठौं नम्बरमा छन् भने जस्टिन विबर नवौं नम्बरमा छन्। बलिउडकै कलाकार आमिर खान नेपालीहरूद्वारा फेसबुकमा मन पराइएका दसौं नम्बरका सेलिब्रेटी हुन्।
नेपाली फेसबुक प्रयोगकर्ताले कस्ता सेलिब्रेटीलाई बढी पछ्याइरहेका छन् ? सेलिब्रेटीहरूलाई पछ्याउने यो ट्रेन्ड कस्तो छ र यसमा नेपाली सेलिब्रेटीहरू कति छन् ? भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो। नेपाली सेलिब्रेटीहरू नेपाली आमसञ्चारमाध्यममा छाएकै हुन्छन्, तर नेपाली फेसबुक प्रयोगकर्ताले मन पराएका दस जना सेलिब्रेटीमध्ये तीन जना मात्र नेपालका छन्, अर्थात् नेपाली फेसबुक प्रयोगकर्ताले मन पराएका दस सेलिब्रेटीमध्ये सात जना विदेशी छन्। तीन नेपाली सेलिब्रेटीमा लोकप्रिय कलाकार हरिवंश आचार्य मन पराइएका उत्कृष्ट दसको दोस्रो नम्बरमा छन्।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.