ज्यान जाओस्, फेसबुक छोडिन्न !


अहो, मानिसलाई फेसबुकको नसा पनि कतिसम्म लागेको ! ज्यानै जाने बेलामा पनि मानिसहरु फेसबुकमा लिन भइरहेका छन् ।
अष्ट्रेलियामा हालै एक ताइवानी एक महिला पर्यटकलाई गहिरो खाडलबाट उद्दार गरिएको छ । फेसबुक चलाएर हिड्दै गर्दा खाडीमा खसेकी उनलाई प्रहरीले उद्दार गरेको छ । एक प्रत्यक्षदर्शीले तत्कालै प्रहरीलाई खबर गरेकाले स्पीडबोटबाट उनको उद्दार सम्भव भएको हो । महिलालाई अस्पतालको निगरानीमा राखिएको छ र उनको स्वास्थ्य अवस्था चिन्ताजनक छैन । घटनाका लागि महिलाले माफी मागेकी छिन् । उनले भनेकी छिन्–म फोनमा आफ्नो फेसबुक पेज हेरिरहेकी थिएँ, खाडल आएको थाहै पाएनछु ।’ प्रहरीका अनुसार खाडीमा खस्दा महिलाको हातमा मोबाइल थियो । 

0 comments

Write Down Your Responses

Powered by Blogger.