एप्पलले सस्तो मूल्यमा फेरि आइफोन–४ बेच्दै

भारत र चीनजस्ता ठूलो आकार र अक क्रयशक्ति भएका उपभोक्ताका लागि भन्दै आइफोन निर्माता एप्पलले आइफोन ५सी र ५एस सार्वजनिक गरे पनि त्यसले बजारमा खासै तहल्का मच्चाउन सकेन् ।
उल्टै एप्पलसँग प्रतिस्पर्धा गरिरहेको सामसुङले बजार हिस्सा बढाउँदै लग्यो । यसको कारण थियो– सस्तो भनेर प्रचार गरिएका यी दुई मोडल वास्तविक रुपमा सस्तो नहुनु ।
मध्यमखाले मूल्यका स्मार्टफोनमा सामसुङले एकछत्र राज गरेपछि आइफोनले आफ्नो ४जी मोडललाई सस्तो मूल्यमा पुनः बजारमा ल्याउने भएको छ । भारतीय बजारलाई लक्षित गर्दै पुनः सार्वजनिक गर्न लागिएको आइफोनको मूल्य करिव १५ हजार भारतीय रुपैयाँ(नेरु २४ हजार) हुने बताइएको छ ।
आइफोन ४ पछि एप्पलले ४ एस, ५, ५सी र ५एस बजारमा ल्याएको छ । नयाँ मोडल ल्याएपछि एप्पलले आइफोन ४ लाई बिश्वब्यापी बजारमा बेच्न बन्द गरेको थियो ।
एप्पलका भारतस्थित बिक्रेताहरुले केही समयपछि नै ८ जीवी क्षमतायुक्त आइफोन ४ पुनः बजारमा बिक्रि खुला गर्न लागिएको दावी गरेका छन् । आइफोन ४ लाई बिक्रि गर्न रोकेपछि एप्पलको युनिट सेल्स घटेको छ ।
पछिल्लो क्वाटरमा उसको बजार हिस्सा घटेको भारतीय अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । ३० हजार रुपैयाँ हाराहारीको सेग्मेन्टमा आइफोनको उपस्थीति नदेखिएपछि एप्पले आइफोन ४ पुनः बितरण गर्न लागेको बताइएको छ ।
यसबारेमा एप्पल अधिकारीहरुले औपचारिकरुपमा केही बोलेका छैनन् । आइफोन ४ फेरि उत्पादन गर्न लागिएको हो वा मार्केटबाट फिर्ता ल्याइएका सेटलाई भारतीय बजारमा मात्र बेच्न लागिएको त्यसबारे स्पष्ट हुन सकेको छैन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.