बच्चा जन्माएकी भिक्षुनीको दावी– गर्भवती भएको थाहै थिएन्

के कुनै महिलालाई बच्चा जन्मिने बेलासम्म पनि आफू गर्भवती भएको थाहा नहुन सक्छ ? पेटमा बच्चा हुर्किएर ९ महिनाको हुँदासम्म आमाले थाहा पाइनन् भन्दा साद तपाई पत्याउनुहुन्न होला । यस्तै नपत्याउँदो बयान दिएकी छिन् इटलीकी एक भिक्षुनीले ।
स्थानीय समाचार माध्यमहरुका अनुसार इटलीको केन्द्रीय शहर रिएतीको मठमा काम गर्ने एक भिक्षुनीले हालै बच्चा जन्माएकी छन् । तर, उनले आफू गर्भवती भएको थाहै नभएको दावी गरेकी छिन् ।
३१ वर्षकी उनले पेट दुखेको बताएपछि एम्बुलेन्स बोलाइ अस्पताल लगिएको थियो । अस्पतालमा भर्ना भएको ४ घण्टापछि उनले छोरो जन्माइन् । उनले आफ्नो छोराको नाम फ्रान्सिस् राखेकी छिन् । वर्तमान पोपको नाम पनि फ्रान्सिस नै हो ।
उनले भनेकी छन्–मलाई थाहा थिएन कि म गर्भवती छु । बेला–बेला मेरो पेट दुख्नेचाहिँ गरेको थियो ।’
रिएतीका मेयरले सिमोन पेटरेंगलीले सर्वसाधारण र सञ्चार माध्यमहरुलाई उक्त महिलाको गोपनियताको अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।
उनी काम गर्ने चर्चमा कार्यरत अन्य भिक्षुनीने भने यो खबरलाई आश्चर्यजनक भनेका छन् ।
अहिले अस्पताल र कर्मचारीहरुले भिक्षुनी र उनको बच्चाका लागि कपडा र सहयोग जम्मा गर्न सुरु गरेका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.