डा. केसीका समर्थकमाथि प्रहरी हस्तक्षेप

६ माघ, काठमाडौं । एकसातादेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा रहेका चिकित्सकमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
माइतीघर मण्डलामा जम्मा भएर र्‍यालीसहित सिंहदरबार तर्फ जाँदै गरेका चिकित्सकको समूहलाई प्रहरीले हस्क्षेप गरी गिरफ्तार गरेको हो ।
गिरफ्तार चिकित्सकहरूलार्इ प्रहरीले थुनामा नराखी शिक्षण अस्पतालमा पुर्याएर छोडिदिएको नेपाल मेडिकल एसोसियसनका सचिव मुक्तिराम श्रेष्ठले बताए ।
सचिव श्रेष्ठलेआइबारबाट सुरु आन्दोलनका कार्यक्रम यथावत रहेको बताउादै सरकारले वार्तामा बोलाएमा आफूहरु तयार रहेको जानकारी दिए ।
तीन सय बढी चिकित्सकहरु भेला भएर माइतीघरबाट सिंहदरबारतर्फ जाँदै गर्दा प्रहरीले हस्तक्षेप गरेर चिकित्सकहरू र शिक्षण अस्पतालका विद्यार्थीसहित ४० जना बढीलाई गिरफ्तार गरेको थियो ।
हप्ता दिनदेखि आमरण अनशनमा रहेका डा केसीको माग पूरा गर्न भन्दै ७ सूत्रीय मागसहित आइतबारदेखि अस्पतालका आकष्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेर देशभरीका चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् ।
चिकित्सकहरु र्‍यालीसहित अघि बढेको सिंह दरबार आसपासको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजैदेखि निषेधित क्षेत्रका रुपमा घोषणा गरेर र्‍याली र जुलुस गर्न निषेध गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.