भारत लैजाँदै गरेका ८ जना बालकको उद्धार

नेपालगन्ज, माघ १० - ४ जना विदेशीले जमुनाहा नाका हुँदै भारत लैजादै गरेका ८ जना नेपाली बालकलाई बाँके प्रहरीले उद्धार गरेको छ । विदेश लैजाँदै गरेका खेनड्रप चोडेन, सोनाम रिन्चेन, डोल्मा लामा र टाडोन लामालाई नियन्त्रणमा लिई अध्यगमन विभाग काठमाडौं पठाएको छ । ती चार बिदेशीले सिन्धुली कोपिलाकोट- ८का १५ बषिर्य सितेमान तामाङ्ग, १४ वर्षका रोशन लो, १४ वर्षका सुकदेव तामाङ्ग, ११ बर्षका छोड्क योन्जन, १२ वर्षका निर्मल लामा, ११ वर्षका असमान थिङ, ९ वर्षका पासाङ तामाङ्ग , १३ वर्षका रसी तामाङ्गलाइ उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले दोभासे उत्तरमान थिङ्गलाई पनि उद्धार गरी थप अनुसन्धान थालेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.