एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौँ । संसदीय दलको नेता चयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ । पार्टी मुख्यालय मदननगर बल्खुमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा संसदीय दलको नेता चयन, सरकार गठन, आगामी महाधिवेशन लगायतका विषयमा छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले संसदीय दलको नेता चयन सर्बसम्मतीवाटै गरिने वताए । सहमतिमा संसदीय दलको नेता चयन हुन नसके निर्वाचनमार्फत भएपनि नेता चयन गरिने छ ।

 संसदीय दलको नेताका लागि अध्यक्ष झलनाथ खनाल, नेता केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम आकांक्षी देखिएपछि एमालेभित्र विवाद बढ्दै गएको छ ।

विवादकै कारण संसदीय दलको नेता चयनमा ढिलाई भइरहेको एमाले स्रोतको भनाई छ । यसअघि हिजो बसेको बैठकवाट संसदीय दलको नेता चयन गर्ने वताइएपनि त्यसवारेमा कुनै छलफल हुन सकेको थिएन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.