सुनको भाउ ९ सय घट्यो !

काठमाडौं । स्थानिय बजारमा सुनको भाउ पुनः ५४ हजार तल झरेर कारोबार भएको छ । सुनको भाउ बुधबार तोलामा ९ सय रुपैयाँ घटेपछि ५४ हजार तल झरेको हो । गत शुक्रबारदेखि निरन्तर बढेको सुनको भाउ सोमबार ५४ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागी सुनको भाउ तोलाको ५३ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार सुन तोलामा २ सय ४ रुपैयाँ घटेर ५४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । गत बिहीबार सुन तोलाको ५३ हजार रुपैयाँमा किनबेच भएकोमा त्यसयता निरन्तर बढिरहेको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । महासंघले बुधबारका लागी चाँदीको भाउ तोलाको ८ सय ४० रुपैयाँ तोेकेको छ । सोमबार तोलाको ८ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार तोलामा ५ रुपैयाँ घटेर ८ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.