अबको ४ वर्षमै बाग्मतीमा नुहाउन मिल्ने !

अहिले वाग्मती नजिक पुग्नासाथ जो-कोही नाक थुन्न बाध्य हुन्छ, दुर्गन्धबाट जोगिन त्यसो गर्नु स्वाभाविकै हो । तर, आगामी ३/४ वर्षमा स्थिति फरक हुनेछ, 'ढलमती' का रूपमा चिनिने वाग्मती हिउँदमा समेत कम्तीमा घुँडासम्म पानी हुने गरी सफा र कञ्चन नदीमा रूपान्तरण हुँदै छ ।
सरकारले सहरी विकास मन्त्रालयको संयोजनमा आगामी २ वर्षमा चोभार गेटनजिक सुन्दरीघाटसम्म वाग्मतीलाई ढलमुक्त बनाउने र ४ वर्षमा हिउँदयाममा समेत कम्तीमा डेढ फिट गहिराइको नुहाउन तथा पौडिनयोग्य सफा र कञ्चन पानीयुक्त बनाउने परियोजना अघि बढाएको छ । 'अबको ४ वर्षमै वाग्मतीको पानी पिउन नभई नुहाउन र पौडिनयोग्य बनाउनेछौं,' सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले भने ।
शुद्ध, सफा र कञ्चन वाग्मती बनाउन सरकारले आफ्नै स्रोत, एसियाली विकास बैंक -एडीबी) को सहुलियतपूर्ण ऋण सहयोग र अनुदानबाट करिब २० अर्ब लगानी गर्दै छ । मुलुकको राजधानीलाई
संसारकै सुन्दर र सफा सहर बनाउन सरकारले वाग्मती सफाईका ३ वटा छुट्टाछुट्टै परियोजना अघि बढाएको छ । वाग्मतीमा सोझै ढल मिसिन नदिई दुवै किनारामा ढल बनाएर सफा बनाउने काम सुरु भइसकेको छ भने एडीबीको सहयोगमा १/२ महिनामै २ वटा थप परियोजना सुरु गरिंदै छ ।
वाग्मतीमा हिउँददेखि वषर्ायाम सुरु नभएसम्मका लागि सफा र अहिलेभन्दा ठूलो पानी एकनासले प्रवाह गराउन बागद्वारभन्दा माथिको शिवपुरी जलाशय क्षेत्रमा उच्चबाँध बाँधेर वषर्ा यामको पानी ठूलो मात्रामा जम्मा गरिनेछ । त्यहाँबाट वषर्ामा जम्मा भएको पानी हिउँददेखि वषर्ायाम सुरु नभएसम्म एकनासले वाग्मतीमा कम्तीमा घुँडाको तहसम्म सतह हुने गरी बगाइनेछ ।
त्यसका लागि एडीबीले ३ अर्ब रुपैयाँ सहयोग गर्दैछ । १/२ सातामै एडीबीसित सहयोगसम्बन्धी सम्झौता हुने जानकारी सचिव थापाले दिए । उनका अनुसार उक्त रकमबाट सुन्दरीजलमाथि वाग्मतीको
मूल मुहान बागद्वारमा बाँध बाँधेर शिवपुरी जलाधार
क्षेत्रमा वषर्ात्को पानी जम्मा गरिनेछ । उक्त बाँधबाट हिउँददेखि वषर्ायामसम्म एकनासले वाग्मतीमा सफा पानी छाडिनेछ, जुन अहिले बगिरहेको भन्दा करिब ५ गुणा बढी हुनेछ ।
उक्त परियोजनामा एडीबीको ३ अर्बबाहेक सरकारले
थप ५८ करोड खर्चिनेछ ।
उक्त रकमबाट सुन्दरीजलदेखि पशुपति मन्दिरनजिकको तिलगंगासम्म नदीका दुवै किनारामा सुन्दर बगंैंचा
सहितको उद्यान, सडक र वरपरको जमिनलाई समेत आकर्षक देखिने गरी सम्याउने, ठाउँ-ठाउँमा घाट बनाउनेलगायत काम गरिनेछ ।
बाँधबाट थपिने र मेलम्ची खानेपानी आयोजनाबाट ०७३ वैशाखदेखि राजधानी आइपुग्ने खानेपानीका कारण वाग्मतीको जलप्रवाहमा बढोत्तरी हुने सम्भावना छ । ती दुवै सम्भावना अध्ययन गरी उक्त परियोजनाअन्तर्गत सरकारले सुन्दरीजलदेखि वाग्मती नदी भारतीय सीमामा नपुगेसम्म बाढी नियन्त्रणको काम गर्नेछ । यस्तै, सिँचाइको सम्भाव्यता अध्ययन, तराईमा थप सिँचाइ तथा जल उपयोग योजना र विद्युत् आयोजनाको विकासलगायत काम अघि बढाइने थापाले बताए ।
उक्त काम जल तथा ऊर्जा आयोगले गर्नेछ ।
सरकारले एडीबीकै सहयोगमा अर्को परियोजना सञ्चालन गरी ५ वर्षभित्र वाग्मतीलाई नुहाउन र पौडी खेल्नयोग्य बनाउने भएको छ । यसका लागि सरकारले मेलम्ची खानेपानी आयोजना मातहतमा राजधानीको फोहोरमैला व्यवस्था परियोजना सञ्चालन गर्दैछ । यस परियोजनामा एडीबीले १३ करोड रुपैयाँ सहयोग गर्दैछ । यसमा सरकारको थप २० प्रतिशत लगानी रहनेछ ।
यस परियोजनाअन्तर्गत वाग्मतीमा मिसिने तथा सहायक नदी र खोलाको ढल मिश्रति पानीलाई प्रशोधन गरी सफा बनाउन ५ ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण गरिने भएको छ । सचिव थापाका अनुसार उक्त परियोजनाअन्तर्गत गोकर्ण, गुह्येश्वरी, बालकुमारी, सुन्दरीघाट र खोकनामा ढल प्रशोधन केन्द्र निर्माण गरिंदैछ । वाग्मती र सहायक नदी तथा खोलाको फोहोर पानी र ढललाई ती ५ ठाउँमा प्रशोधन गरी सफा पानी नदीमा छाड्ने र ठोस फोहोरलाई अन्यत्रै व्यवस्थापन गर्ने सरकारी योजना छ ।
वाग्मती सफाइको अर्को परियोजना भने यसअघि नै सुरु भइसकेको छ । उपत्यकाभित्रका सबै ढल सोझै वाग्मतीमा मिसाइएका कारण पवित्र मानिने नदी ढलमती बन्न पुगेको हो ।
अधिकारसम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिको संयोजनमा नदीका दुवै किनारामा ठूला ह्युमपाइपको ढल बनाएर सहरको फोहोर व्यवस्थापन सुरु गरिसकिएको छ । ढल र फोहोर नदीमा खसालिने छैन । हाल सञ्चालित परियोजनाअन्तर्गत आगामी २ वर्षमा चोभार गेटनजिकको सुन्दरीघाटसम्म वाग्मतीलाई ढलमुक्त बनाइसकिने जानकारी थापाले दिए । यस वर्ष वाग्मतीका दुवै किनारामा ढल बनाउन सरकारले ४६ करोड खर्च गर्दैछ भने अर्को वर्ष त्यसभन्दा बढी रकम खर्चिने योजना छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.