छत्तिसगढमा नाबालिगसहित पाँच महिलाको सामुहिक बलात्कार


भारत छत्तिसगढको जांजगीर–चांपा जिल्लामा एक नाबालिगसहित पाँच महिलाको सामुहिक बलात्कार भएको छ । पीडित महिलाहरु बलौदा बजारको भएको बताइएको छ । उत्तर प्रदेशको रामपुर जिल्लाको शाहबाद थाना क्षेत्रको एक ईटा भट्टामा सामुुहिक बलात्कार भएको हो । उनीहरु भट्टामा काम गर्थे । पीडित महिलाहरुले शुक्रबार राति प्रहरीमा उजुरी गरेका छन् । पीडित महिला केही महिनादेखि परिवारका साथमा ईटा भट्टामा काम गर्दै आएका थिए । प्रहरीमा दिइएको उजुरी अनुसनर २० जनवरीको रात ईटा भट्टा नजिकैको हटरामा हतियारसहितको समूह पुगेको थियो । उनीहरुले त्यहाँ रहेका पुरुषहरुलाई कुटपिट गरेर पैसा समेत लुटेपछि नाबालिगसहितत पाँच महिलाको सामुहिक बलात्कार गरेका हुन् । भट्टा मालिकलाई खबर गरेपछि भोलिपल्ट प्रहरी पुगेपनि कसैलाई कारवाही नगरेको उनीहरुको गुनासो छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.