बार्सिलोनाका अध्यक्षले भने–मेस्सी बिकाउ हैनन !

काठमाडौं । बार्सिलोनाले अर्जेन्टिनी स्टार फर्वाड लिओनल मेस्सीलाई नबेच्ने बताएको छ ।
पेरिस सेन्ट जर्मेनसहितका क्लबले इच्छा देखाएरहेका बेला बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले नयाँ सम्झौताका लागि छलफल गर्ने बताएका हुन् । उनले भनेका छन्–हामी बसेर छलफल गछौं । उनलाई सर्वाधिक तलव लिने खेलाडी बनाउन हामीसँग जे छ त्यो गर्छौं ।’
गत सिजन उत्कृृष्ट फर्ममा रहेका चार पटकका फिफा बालोन डि’ओर विजेता मेस्सी यो सिजन भने चोटका कारण सोचे जस्तो चल्न सकेका छैनन् । ला लिगामा उनले गोल गर्न बिर्सिएको धेरै भएको छ ।
सेप्टेम्बरपछि उनले गोल गरेका छैनन् । तर, प्रशिक्षक टाटा मार्टिनो भने खेललाई नियन्त्रणमा लिन मेस्सी सफल रहेको भन्दै गोल नगरेको कुनै अचम्म नलागेको बताएका छन् ।

भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.