१२ हजार फिटबाट हाम फाल्दा पनि गएन ज्यान
१२
हजार फिट माथिबाट हाम फाल्दा कोही बाँच्यो भनेर पत्याउन कठिन पर्छ । तर,
बेलायतका ३१ वर्षीय स्काइड्राइभर बेन कोर्निक भाग्यले बाँचेका छन् ।
प्यारासुट समयमै नखुलेपछि उनी पार्किङको एक भ्यानमाथि बजारिएका थिए ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
उनी भाग्यले बाँचे तर, गोडाको हड्डी
नराम्रोसँग भाँचिएको छ र उनको अवस्था गम्भीर छ । डाक्टरहरुले उनलाई तत्काल
अकल्याण्ड लैजान भने । तर, उनले न त बीमा गरेका थिए न खल्तीमा पैसा नै थियो
। डाक्टरले उपचारका लागि कम्तिमा ३७ हजार ५ सय डलर चाहिने बताएका थिए ।
कोर्निका साथीहरुले फेसबुकमा पेज बनाएर
सहयोग जुटाउन थाले । यसपछि उनको जीवनमा अर्को चमत्कार भयो । अनुमान
गरेभन्दा धेरै सहयोग जुट्यो । उनको उपचारका लागि ५६ हजार डलर जम्मा भयो ।
कोर्निककी आमाले भेनकी छिन्-मेरो छोरा ठिक छ । म कति खुसी छु कि बयान गर्न
सक्दिन ।’
अहिले उनको सर्जरी भइरहेको छ । केही
सर्जरी असफल भए पनि चिकित्सकहरुले आश मारेका छैनन् । स्काइड्राइभर बेन
कोर्निकले फेसबुकमार्फत सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।
|
0 comments
Write Down Your Responses