देउवा हराउन राष्ट्रपति लागेको आरोप

काँग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा संसदीय दलको नेताका लागि भएको निर्वाचनमा आफूलाई हराउन राष्ट्रपति रामवरण यादवले लबिङ गरेको भन्दै रुष्ट भएका छन् । देउवा पक्षीय नेताहरुले तटस्थ बस्नुपर्ने मर्यादित पदमा बहाल रहँदा पनि राष्ट्रपतिले पार्टीभित्र एकउटा उम्मेदवारका पक्षमा लागी भोट मागेर मर्यादा नाघेको आरोप लगाएका छन् ।
देउवा पक्षीय नेताहरुको सोमवार बसेको चुनाव समीक्षा बैठकले राष्ट्रपतिले धनुषा, महोत्तरी, सिराहालगायत तराईका सभासदलाई शीतलनिवासमै बोलाएर सुशील कोइरालालाई भोट हाल्न दबाब दिएको निष्कर्ष पिनकालेको छ । ’राष्ट्रपति संविधानअनुसार बस्नु पर्ने हो, समीषा बैठकमा सहभागी एक नेताले भने,’उहाँले तीन बर्ष अघि भएको पार्टीको १२ औँ महाधिवेशनमा पनि एउटा पक्षलाई जिताउन दबाब दिनुभयो । उहाँले अहिले संसदीय दलको नेताको निर्वाचनमा पनि हामीलाई हराउन लाग्नुभयो । यो राष्ट्रपतिको मर्यादाविपरीत काम हो ।’
नेता चयनका लागि मिति तोकेदेखि नै राष्ट्रपतिले मेधसवाट प्रतिनिधित्व गरेका सभासदलाई बोलाएर कोइरालालाई भोट हाल्न दबाब दिएको विवरणसहितको सूची बैठकमा पेस गरिएको थियो । देउवालाई भाट हाल्ने निर्णयमा पुगेका तराईका सभासद संगीता मण्डल, मुक्ता यादव, रामअयोध्याप्रसाद यादव, रश्मी ठाकुरलगायतलाई राष्ट्रपतिले शीतल निवास बोलाएर कोइरालालाई भोट हाल्न दबाद दिएको ठहर बैठकले गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.