अतिरिक्त भत्तामा अड्कियो सगरमाथाको उचाइ मापन

१४ माघ, काठमाडौँ । कर्मचारीले माग गरेअनुसार अत्तिरिक्त भत्ताको व्यवस्था गर्न नसक्दा आफ्नै जनशक्तिवाट सगरमाथाको उचाइ नाप्ने सरकारको योजना अलपत्र परेको छ । नेपालले आफैँ उचाइ मापन गर्न नसकेपछि उत्तरी चीनसँगको सीमा सम्झौता नवीकरणमा अफ्ठेरो परेको छ ।

विश्वको सबैभन्दा अग्लो शिखरको उचाइ मापन गर्ने परियोजनाका लागि सरकारले २०६९/७० मा ९० लाख रुपैयाँ बजेट छुट्याएको थियो । यस काममा कर्मचारीका लागि शतप्रतिशत भत्ता हुनु पर्नेसहितको प्रस्ताव अर्थ मन्त्रालय पुगेपछि बजेट निकासा नै भएन ।
कर्मचारीले उचाइ मापन गर्ने काम अन्य नियमित कामजस्तो सजिलो नभएको भन्दै अतिरिक्त सुविधाको प्रस्ताव गरेका थिए । ‘उचाइ मापन गर्ने काम अन्य नियमित कामजस्तो सहज छैन र त्यसका लागि सामान्य काम पनि होइन । त्यसैले हामीले अतिरिक्त सुविधाको प्रस्ताव गरेका थियौँ । जुन अर्थ मन्त्रालयले स्वीकृति दिएन, नापी विभागका एक कर्मचारीले भने,’त्यहाँ जानका लागि थप तालिमको आवश्यकता पर्छ, पोसाकदेखि खानपिनसम्म फरक हुने गर्छ, त्यसैले यसलाई सामान्य सर्वेजस्तो गरी हेरिनुहुन्न ।’
छुट्टै परियोजनाको रुपमा नभई भैपरी आउने खर्च अन्तर्गत उक्त बजेट प्रदान गर्ने सरकारी योजना थियो । अघिल्लो वर्ष छुट्याइएको बजेट पनि फ्रिज भएपछि चालु आर्थिक वर्षमा यसबारे कुनै बजेट व्यवस्था भएन । आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.