मन्त्रीपत्नीको मृत्यु अस्वभाविक

नयाँ दिल्ली, माघ ५ - होटल कोठामा मृत भेटिएकी भारतका मानव संशाधन सहायमन्त्री पत्नी सुनान्दा थरुर पुस्करको मृत्यु अप्राकृति भएको पोष्टमार्टममा सहभागी एक चिकित्सकले खुलाएका छन् । उनको शरीरमा चोट भेटिएको चिकित्सकको भनाई छ ।

'पोष्टमार्टममा उनको शरीरमा केही दखलहरु देखिएका छन् । जसको कारण उनको मृत्यु प्राकृतिक होइन भन्ने पुष्टी हुन्छ । तर, पोष्टमार्टमको सम्पूर्ण विवरण अहिले सार्वजनिक गर्न मिल्दैन', पोष्टमार्टममा सहभागी प्रमुख चिकित्सक सुधीरकुमार गुप्ताले भने,'हामी हाम्रो पूर्ण रिपोर्ट एक दुई दिनमै दिनेछौं ।'

अल ईण्डिया मेडिकल साईन्सका तीन जना चिकित्सकले सुनान्दाको शवको पोष्टमार्टम गरेका हुन् । पारदर्शीताको लागि भन्दै सुनान्दाको पोष्टमार्टमलाई भिडियो रेकर्डिङसमेत गरिएको छ ।

भारतका मानव संशाधन सहायक मन्त्री शशि थरुर पत्नी सुनान्दा शुक्रबार राति नयाँ दिल्लीस्थित लिला होटलमा मृत फेला परेकी थिइन् ।

पतिको एक पाकिस्तानी पत्रकार महिलासँग सम्बन्ध रहेको सार्वजनिक गरेको ४८ घण्टा नबित्दै उनी मृत भेटिएकाले धेरैले शंका मान्दै आएका थिए ।

सुनान्दाले पति थरुरको ट्वीटर ह्याक गरेर ती पाकिस्तानी पत्रकार महिलासँग कुरा गरेको भन्दै ती महिलासँग मन्त्री थरुरको प्रेम सम्बन्ध रहेको दाबी गरेकी थिइन ।

आफ्नो निवासमा रंगरोगनको काम भइरहेकाले मन्त्री पत्नी बुधबार लिला होटलमा बस्न गएका थिए ।

मन्त्री थरुरले शुक्रबार साँझ आफू पार्टीको वैठकमा सहभागी भएर फर्किदा राति ८ः३० बजे पत्नीलाई मृत भेटेको बयान दिएका थिए ।

पत्नीको शव मृत भेटिएपछि थरुर बिरामी भएको भन्दै नयाँ दिल्लीको एक अस्पताल भर्ना भएका छन् ।

अनुसन्धानका क्रममा प्रहरीले थरुर दम्पतिबीच तिरुभनाथपुरमबाट दिल्ली र्फकने क्रममा चार दिनअघि पनि ठूलो वादविवाद भएको रहस्य पत्ता लगाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.