काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिन्डर पड्किँदा दुईको मृत्यु

५ माघ, काठमाण्डौ । काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिन्डर पड्किदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
बुद्धनगरस्थित त्रिकोण मार्गमा रहेको एक घरमा आइतवार विहान खाना पकाउने एलपी ग्यास पड्किँदा भएको आगलागीमा परी विजय गुप्ता र उनीकी श्रीमती शारदा गुप्ताको मृत्यु भएको बुद्धनगर प्रहरी विटका सई नन्दराम पाठकले जानकारी दिनुभयो ।
खाना पकाइरहेको समयमा ग्यास पड्किँदा भएको आगलागीमा भएको पाठकले वताए । प्रहरी, स्थानीयबासिन्दा र दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको पाठकले वताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.