यी घनटाउके, जसले ९ इन्चको किला ठोक्न सक्छन् निधारले हानेर

कहिलेकाहीँ चिप्लिएर लडियो वा निधार ठोक्कियो भने हामी हतार-हतार अस्पतालतिर कुद्छौं उपचारका लागि । तर, यही दुनियाँमा यस्ता पहलमान पनि छन जसले निधारले हानेर ९ इन्चको किला काठमा ठोक्न सक्छन् ।


यो कुरा तपाई-हाम्रा लागि लगभग असम्भव हो । तर, जोन फेर्रारो आफ्नो निधारले ९ इन्चको किला ठोक्ने मात्र हैन, सिक्कालाई निधारमै बङ्ग्याइदिन पनि सक्छन् ।
अमेरिकाको बोष्टनका फेर्रारोले हालै आफ्नो अविश्वसनीय क्षमता प्रदर्शन गरेका छन् । तयारी, तालिम र लक्ष्यप्रतिको समर्पणकै कारण आफू यसो गर्न सफल भएको उनले बताए । दुखाई ठूलो कुरा नभएको भन्दै उनले भने-’आफूले आफैलाई विश्वास गर्नुपर्छ ।’


चिकित्सकहरुका अनुसार उनको निधारको हड्डीको मोटाई औषत मानिसहरुको भन्दा साढे दुई गुना बढी बाक्लो छ । औषत मानिसको ६.५ एमएम हुन्छ भने उनको १६ एमएम मोटो छ ।
उनको हावर्ड मेडिकल स्कुलमा परीक्षण समेत गरिएको थियो । तर, उनको हड्डी बढ्ने जस्तो कुनै रोग देखिएन । यो वंशाणुगत उपहार भएको चिकित्सकले बताए ।
 
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.