सवैभन्दा कलिलो उमेरको बलात्कारः ६ बर्षिय बालकमाथि लाग्यो बात

मलेशियामा एक ६ वर्षका बच्चामाथि ५ वर्षकी आफन्ती बहिनीलाई बलात्कार गरेको आरोप लागेको छ । यस्तो घटना विश्वकै पहिलो भएको बताइएको छ ।
समाचारहरुमा जनाइएअनुसार मलेशियाको केदाहाको एक गाउँमा दुबै बच्चाले ‘मम्मी–पापा’ अर्थात आमा–बाबु बन्ने खेल खेलेका थिए । हजुरआमाले देख्दा उनीहरु दुबै नाङ्गो भएर आमा–बाबु खेल खेलिरहेका थिए ।
चिकित्सकले गरेको स्वास्थ्य परीक्षणले उनीहरुवीच यौनसम्र्पक भएको पुष्टि गरेको छ । अब आउने विस्तृत रिपोर्टपछि यो घटना सबैभन्दा सानो उमेरको बलात्कारको आरोप हुने÷नहुने तय हुनेछ ।
स्थानीय स्टार दैनिकका अनुसार बालिकाकी ३२ वर्षीया आमा एक मेडिकल असिस्टेन्ट समेत हुन् । उनले नयाँ वर्षको दिन प्रहरीमा उजुरी दिएकी छिन् ।
यद्यपि उनले केसलाई अघि बढाउन नचाहेको बताएकी छिन् । तर, छोरीको स्वाथ्य परीक्षण राम्रोसँग होस् भनेर रिपोर्ट गरेको उनले बताएकी छिन् । परीक्षणका क्रममा ५ वर्षकी बच्चीको यौनाङ्गको केही भाग फाटिएको पाइएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.