माछाले छोपेको लाज

अभिनेत्री शुभेच्छा थापाले अभिनय गर्न थालेको डेढ दशक भइसक्यो। आफैँले निर्माण गरेका र अरूका थुप्रै फिल्ममा अभिनय गरे पनि उनले चर्चा र सफलता दुवै पाइनन्। हिरोइन बन्ने उमेर पुगिसकेकी शुभेच्छाको चर्चाको तिर्खा बढ्दै गएको छ। यही तिर्खा मेटाउन उनले भर्खरै एउटा 'हर्कत' गरेकी छिन्। 

टपलेस भएर माछाले लाजका अंग छापेको फोटोसुट गराएकी छिन्। त्यो पनि बलिउडमा चर्चा र विवादकी पर्याय मानिने शर्लिन चोपडाको सिको गर्दै। केही समयअघि मात्रै शर्लिनको उक्त तस्बिर सार्वजनिक भएको थियो। शुभेच्छाले दिएको उक्त पोजबारे फिल्मकर्मीहरूको टिप्पणी छ– 'के जाती गर्नेलाई भन्दा देख्नेलाई लाज!' आफ्नै लगानीमा बनाएको फिल्म 'द मिस नेपाल' प्रमोसनका लागि उक्त तस्बिर खिचाएकी शुभेच्छाको यो उत्ताउलिने उमेर पनि त होइन।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.