‘राजेश हमालजस्तै हिरोइनमा नम्बर १ म’ : झरना थापा

‘जसरी नायक राजेश हमालले २ दशकदेखि एकछत्र राज गर्दै नम्बर १ स्थानमा आफूलाई राख्नु भएको छ, यसरी नै हिरोइनमा मेरो पनि यस्तै स्थान छ भन्ने लाग्छ’, नायिका झरना थापाले अनलाइनखबरसँग बिशेष कुराकानी गर्दै भनिन् ।
‘१८ बर्षदेखि नेपाली सिने नगरीमा काम गर्नु र कहिले पनि सिनेमाको कमी नहुनुले पनि मलाई राजेश हमाल जस्तै हिरोइनमा राज गर्ने आफू हुँ भन्ने लाग्छ’, झरनाले भनिन् । ‘आज पनि मेरो सिनेमा नगरीमा, विभिन्न महोत्सवमा माग छ’, झरनाले अगाडि भनिन्, ‘१८ बर्षदेखि पछाडि नफर्की राज गर्नु कुनै चानेचुने कुरा होइन ।’
आजका दिनमा उनलाई आफू पहिले जस्तो व्यस्त हुन्छु भन्ने लागेको छैन । ‘समयको कालखण्डमा नयाँ नयाँ कलाकारको प्रवेश हुन्छ र पुरानाहरु पछि हट्छन्’, झरनाले भनिन्, ‘म अब पहिलेको जस्तो व्यस्त हुन्छु भनेर दाबी गर्दिन ।’
उनको हातमा २ वटा सिनेमा छन् । आफ्नो होम प्रोडक्शनबाट पनि उनी सिनेमा बनाउने तयारीमा छिन् । ‘कुनै न कुनै रुपमा सिने नगरीमा मेरो उपस्थिती पछि सम्म रहन्छ’, थापाले भनिन् ।
झरना थापा दर्शक र मिडियाको मायाले यो स्थानमा रहेको बताउँदै उनले, आफ्नो बारेमा पछिल्लो पुस्ताले पनि थाहा पाउने बताइन् । नायिका रेखा थापालाई मिडियाले नम्बर १ नायिकाको उपाधी दिइरहेको समयमा झरनाको यस्तो अभिव्यक्ति आएको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.