प्रचण्डको सचिवालय छाडेको प्रकाशको घोषणा

काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालले प्रचण्डको सचिवालय परित्याग गरेको घोषणा गरेका छन् । शनिबार साँझ विज्ञप्ति जारी गर्दै प्रकाशले पार्टीले अर्को जिम्मेवारी नदिएसम्म अध्यक्षको सचिवालयमा नहरने घोषणा गरेका हुन् ।
‘पार्टी दिएको जिम्माअनुसार खटिनेछु र अर्को जिम्मा नपाउन्जेल म एचक्यूसचिवालयको कुनै पनि जिम्मा नलिने निर्णय गरेको छु, उनले भनेका छन्-’पार्टीलाई सहयोग गर्ने सुरुदेखिको भावनाअनुसार हरेक क्षेत्रबाट सहयोग गर्न सकिने भएको हुँदा पार्टीले मलाई कुनै एक जिम्मा दिनेछ भन्ने आशा राखेको छु ।’
प्रचण्डको छोरो भएकोमा घाटा लागेको भन्दै उनले आफ्ना केही कमजोरीपछि कारवाही भोगिसकेको अवस्थामा हेडक्वाटरको निर्देशन बमोजिम चुनावमा खटिएको स्पष्टिकरण दिएका छन् । पार्टीमा काम गर्दा आफ्नो पढाइ र जीवन गुमाको भन्दै उनले भनेका छन्– ‘सुरुदेखि नै पार्टीलाई सहयोग र त्याग गर्ने हो, त्यही कारण आफ्नो व्यक्तिगत जीवन पनि पढाइ पनि गुमाइयो । हेर्न सक्नुहुनेछ, हाम्रै पार्टीका अरु नेताका छोराछोरी कति पढे, हामी कति पढ्यौं । यदि त्यता लागेको भए के हामी पनि पढ्न सकिन्न थियो होला र ?’
प्रकाशले विज्ञप्तिमा आफूलाई जनमुक्ति सेनामा भर्ना हुने इच्छा भएपनि हिन्दी पंजाबी बंगाली राम्रोसंग बोल्ने र कम्प्युटरको पनि ज्ञान भएको कारण स्थाई कमिटीबाटै हेडक्वाटरमा राखेको दावी गरेका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा नेताहरुले आफ्नो आलोचना गरेकोप्रति टिप्पणि गर्दै उनले गुनासो पोखेका छन्–’कतिपय सिसिएमका कमरेडले रिपोर्टिंग गर्नुभएछ । पुर्खौली सम्पतिको कुरा गर्नु हुन्छ, भएको २ बिघा यही पार्टी बनाउन गएको छ । त्यस्तो कुरा गर्नु हुन्छ भने पुर्खोली सम्पतिको कुरा उठाउने कमरेडलाई अविलम्ब हाम्रो सम्पति फिर्ता दिन अनुरोध गर्दछु ।’
प्रकाशको विज्ञप्तिको पूर्णपाठ
म कुनै रहरले हेडक्वाटर (एचक्यू)को जिम्मा सम्हालेर ठूलै सुखसुविधामा बसेको छैन । म २०५८ साल १२ पढ्दापढ्दै जनमुक्ति सेनामा जाने हिसाबले पढाई त्यागी होलट्यामर भएर हिँडेको । जतिबेला भारतमा रहेको एचक्यूअसुरक्षित भइरहेको थियो ।
हिन्दी पंजाबी बंगाली राम्रोसंग बोल्ने र कम्प्युटरको पनि ज्ञान भएको कारण स्थाई कमिटीमै प्रकाशलाई एचक्यूमै राख्न पर्छ भन्ने निर्णय भएको थियो । मलाई एचक्यूभन्दा आधार इलाकामा बसी जनमुक्ति सेनामा जोडिने तिब्र इच्छा थियो । तर, स्थाई कमिटीका कमरेडहरुले तिम्रो अहिले एचक्यूमा आवश्यकता छ एचक्यूलाई सहयोग गर्नुपर्छ भन्नुभयो ।
त्यस दौरान हाम्रो बसाइ अधिकांश आधार ईलाका मुख्यतस् रोल्पा, रुकुम सल्यानतिर हुन्थ्यो । धेरैपटक तत्कालीन शाही सेनाले हामी बसेको घरमा हवाइ आक्रमण पनि गरेको थियो र खाराजस्ता आक्रमण प्रत्यक्ष अनुभव गरिएको थियो । शायद त्यहाँ बाँच्नु अभिषाप हो रु गोली र बमको अँखा हुँदैन । कयौं हवाइ आक्रमणलाई क।प्रचण्डलाई जनमुक्तिसेनाको साथ वहाँलाई बचाएको अनुभव छ । आर्थिक लगा़यत सैन्य सामानको रक्षा गरेको अनुभव छ । के यो अभिषाप हो रु क।प्रचण्डलाई मैले मेरा बुवाभन्दा पनि मेरो अध्यक्ष र मेरो आदर्शको रुपमा मैले हेरेर आएको हो । क।प्रचण्डले पनि मैले थाहा पाउने अवस्थादेखि उहाँले कहिल्यै आफ्नो छोरा वा परिवारजस्तो व्यवहार गर्नुभएन ।
हो, प्रचण्ड मेरो बुबा भएर मलाई घाटा भएको छ । म २०५८ सालको पूर्णकालीन सदस्य, तर मलाई कहीँ कतै, कुनै पनि प्रकारको पदको लोभ छैन । सुरुदेखि नै पार्टीलाई सहयोग र त्याग गर्ने हो, त्यही कारण आफ्नो व्यक्तिगत जीवन पनि पढाइ पनि गुमाइयो । हेर्न सक्नुहुनेछ, हाम्रै पार्टीका अरु नेताका छोराछोरी कति पढे, हामी कति पढ्यौं । यदि त्यता लागेको भए के हामी पनि पढ्न सकिन्न थियो होला र रु तर, गर्व नै लाग्छ । त्यो संकटकाल अवधिभर क। प्रचण्डकै रक्षामा लागियो । दायाँबायाँ सोचिएन । गर्व छ मलाई यो कुरामा ।
हो, पछिल्लो चरण मेरा केही सीमा कमजोरी रहे । जसको मैले पार्टीबाट उचित सजायँ पाएर पुनस् पार्टीमा आवद्ध भएँ । कि विधानमै लेख्न पर्यो कारबाही भोगेकाहरु पुनस् पार्टीमा आउन नपाउने ।
म रुपान्तरण र कठोर आत्मालोचित भएर पार्टीमा आएको थिएँ । पार्टीले खटाएको ठाउँमा जाने रहर थियो । तर, मुख्यतस् चुनावको मुख र एचक्यू हेर्ने सुरक्षाका साथी र निजी सचिवालयका साथीहरुले चुनाव अवधिभर एचक्यूमा बस्नुपर्ने मागले गर्दा पुनस् एचक्यूमै चुनाब अवधिभर बस्ने निर्णय पदाधिकारीले निर्णय गर्यो र विभिन्न आरोहअवरोह पार गरी चुनावसम्म खटियो ।
चुनावको हार पश्चात् सम्पूर्ण हारको जिम्मा मलाई लगाउने अभिप्रायले कतिपय सिसिएमका कमरेडले रिपोर्टिंग गर्नुभएछ । यसमा कतिसम्मको सत्यता छ, हार लुकाउन दोष दिने । खैर मेरो आफ्नो भन्नु यो पार्टीबाहेक केही छैन, सदैव यही पार्टीमा हुनेछु ।
पुर्खौली सम्पतिको कुरा गर्नु हुन्छ, भएको २ बिघा यही पार्टी बनाउन गएको छ । त्यस्तो कुरा गर्नु हुन्छ भने पुर्खोली सम्पतिको कुरा उठाउने कमरेडलाई अविलम्ब हाम्रो सम्पति फिर्ता दिन अनुरोध गर्दछु । म यो पार्टी छोडेर कदापि जान्न र पार्टी दिएको जिम्माअनुसार खटिनेछु र अर्को जिम्मा नपाउन्जेल म एचक्यूसचिवालयको कुनै पनि जिम्मा नलिने निर्णय गरेको छु । पार्टीलाई सहयोग गर्ने सुरुदेखिको भावनाअनुसार हरेक क्षेत्रबाट सहयोग गर्न सकिने भएको हुँदा पार्टीले मलाई कुनै एक जिम्मा दिनेछ भन्ने आशा राखेको छु र सबैले पार्टी फेरि सशक्त बनाउन आफ्नो–आफ्नो ठाउँबाट त्याग गर्न अपील गर्दछु ।

0 comments

Write Down Your Responses

Powered by Blogger.