नारायणकाजीले अस्वीकार गरे सभासदको प्रस्ताव

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई २६ जनाको मनोनित कोटाबाट सभासद बन्न अनुरोध गरेका छन् । तर, श्रेष्ठले भने आफू त्यसरी सभासद बन्न इच्छुक नरहेको निश्कर्षमा पुगेका छन् ।
तपाईलाई अध्यक्षले सभासद बन्न अनुरोध गरेको भन्ने सुन्छिन्छ नि ? भन्ने  जिज्ञासामा श्रेष्ठले अध्यक्षले मात्रै नभई कांग्रेस, एमाले, नागरिक समाज र अन्य शुभेच्छुकले पनि संविधान निर्माणमा भूमिका खेल्न संविधानसभामा जानुपर्ने सुझाव दिएको बताए ।
‘संविधानसभामा मेरो आवश्यकता महसुस गर्दै त्यहाँ जानुपर्छ भनेर आग्रह गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु,’ श्रेष्ठले भने, ‘तर, प्रत्यक्षतर्फ निर्वाचन लडेर हारेको हुनाले मैले संविधानसभामा नजाने निर्णय लिएको छु ।’
आफु्नो राजनीतिको मूल आधार भनेको राष्ट्रियता र मूल्यको राजनीति भएको भन्दै पराजित भइसकेपछि मनोनित कोटाबाट संविधानसभामा जानु नैतिक मूल्यअनुरुप नहुने श्रेष्ठले बताए । ‘मेरो मुख्य वैचारिक आधार भनेकै राष्ट्रियता र मूल्यको राजनीति हो, त्यसैले संविधानसभामा जानुहुन्न भन्ने मेरो ठहर छ ।’ उनले भने ।
आफूलाई पार्टी अध्यक्षले पनि यसबारे सोधेको श्रेष्ठले स्वीकारे । साथै बाबुराम भट्टराईसँग पनि कुरा भइसकेको उनले बताए ।
यसैवीच प्राप्त अर्को समाचारअनुसार सोमबार बस्ने केन्द्रीय समितिको बैठकपछि एमाओवादीले मनोनित सभासदको टुंगो लगाउने बुझिएको छ । यद्यपि यसबारे अहिलेसम्म छलफल नचलेको नेताहरुले बताएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा मनोनयन गरिने २६ सभासदको हालसम्म टुंगो लाग्न सकेको छैन । प्रमुख दलहरुले भागवण्डाका आधारमा सभासदको नाम पठाएपछि मन्त्रिपरिषदले निर्णय गरी निर्वाचन आयोगमा

0 comments

Write Down Your Responses

Powered by Blogger.