‘जय हो’ को कलेक्शन २ दिनमा ३४ करोड , नेपालमा पनि फापेनन् सलमान

बक्स अफिसको राजा भनेर गनिएका बलिउड नायक सलमान खानको १३ महिनापश्चात् प्रदर्शनमा आएको सिनेमाको कलेक्शनले निराशा छाएको छ । भारतमा सलमानको सिनेमाले ४३ सय पर्दा पाएको छ । यो आमिर खानको ‘धूम ३’ भन्दा ३ सय बढी र शाहरुख खानको ‘चेन्नई एक्सप्रेस’ले पाएको पर्दा भन्दा ८ सय बढी हो ।
तर, १३ महिनापछि नयाँ सिनेमा प्रदर्शनमा आउँदा पनि सलमानको स्टारडमले कुनै रेकर्ड ब्रेक गर्न सकेन । सिनेमाले ‘धूम ३’ ले पहिलो दिनमा कमाएको ३६ करोडको आँकडालाई पार गर्ने आशा गरिएको थियो ।
सिनेमाले शुक्रबार भारतका ४३ सय पर्दामा जम्मा १७.५५ करोडको कलेक्शन गर्दै कमजोर ओपनिङ गरेको हो । सिनेमाले शनिबार अझ कमजोर व्यापार गरेको बक्स अफिस अफ इन्डियाले जनाएको छ । शनिबार सिनेमाको कमाई १६.५० करोड छ । दुई दिनमा यसको कलेक्शन ३४ करोड पुगेको छ । ओभरसिजमा यो सिनेमाको कलेक्शन निक्कै कमजोर देखिएको छ । सिनेमालाई १ सय करोडको आँकडा छुनलाई १० दिन भन्दा बढी लाग्ने देखिएको छ ।
‘चेन्नई एक्सप्रेस’ले पहिलो दिनमा ३३ करोड कमाएको थियो । तर सलमानको नयाँ सिनेमाले २ दिनमा करिब ३४ करोडको आँकडा छोएको छ । सलमान खानको सिनेमाले गतिलो व्यापार नगरेपछि उनको स्टारडममा ठूलै धक्का लागेको अनुमान गरिएको छ । यतिबेला बलिउडमा आमिर र शाहरुखको सिनेमाले २ सय करोडको व्यापार गरेको अवस्था छ । यसैले पनि सलमानलाई यो आँकडा छुन अत्यन्त आवश्यक थियो । तर २ सय करोडको आँकडा सलमानका लागि धेरै परको बिषय बन्ने देखिन्छ ।
नेपालमा पनि सलमानको सिनेमाले गतिलो व्यापार गरेका छैन । डेढ करोड रूपैंयाँभन्दा बढीको लगानीमा नेपाल भित्र्याइएको यो सिनेमाले शुक्रवार २० लाखको सेरोफेरो छोएको छ । यो शाहरुखको ‘चेन्नई एक्सप्रेस’ र आमिरको ‘धूम ३’ को कलेक्शनभन्दा निकै कम हो । बलिउडमा यिनै तीन खानको बर्चस्व देखिन्छ । तर ‘जय हो’ को कलेक्शनले सलमानलाई शाहरुख र आमिरभन्दा धेरै पछाडि छोडिदिएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.