एसएसपी नै मापसे कारबाहीमा

काठमाण्डौ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार भट्टराई मादक पदार्थ सेवन मापसे कारबाहीमा परेका छन् । मापसे सेवन गरी सवारी चलाएकोमा नभई प्रहरी महानिरीक्षकको निर्देशन अबज्ञा गरेका कारण एसएसपी भट्टराई कारबाहीमा परेका हुन् ।
मापसे कारबाहीमा पर्दा सर्वसाधारणको चालक अनुपति पत्र प्वाल पर्ने र जरिवाना तिर्नु पर्ने भएपनि एसएसपी भट्टराईको भने जागिर नै धरापमा परेको छ । उनीमाथि असक्षम र पदीय हैसियतविपरितको काम गरेको आरोप लगाई प्रहरी प्रधान कार्यालयले अनुसन्धान अघि वढाएको छ । प्रधान कार्यालय स्रोतका अनुसार भट्टराईमाथि निलम्बनसम्मको कारबाही हुन सक्छ ।
आफ्नो कार्यक्षेत्रको समग्र शान्ति सुरक्षामा ध्यान दिनको साटो शुक्रवार दिउँसैवाट मादक पदार्थ सेवन गरी भट्टराई आफ्नो कार्यसम्पादन गर्न सक्ने अवस्थामा थिएनन् ।
सोही कारण भट्टराई शुक्रवार राति प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बोलाएको आकस्मिक सुरक्षा रणनीति बैठकमा सन्चो नभएका कारण ‘सरी आउन सक्दिनँ’ भन्दै अनुपस्थित भए । तर अनुपस्थित हुनुको कारण गलत ठहरिएपछि कारबाहीमा परेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.