एमाले सभासदलाई दौरा-सुरुवाल र टोपी अनिवार्य

नेकपा एमालेका सवै सभासद् राष्ट्रिय पोसाक दौरा-सुरुवाल र भादगाउँले टोपी तथा साडी चोलो लगाएर संविधानसभामा सहभागी हुने भएका छन् । अध्यक्ष झलनाथ खनालको निर्देशनअनुसार आगामी माघ ८ मा हुने संविधानसभाको पहिलो बैठकको सपथग्रहण समारोहमा एमालेका १ सय ७५ सभासद एउटै पोसाक ‘ड्रेस कोड’ मा सहभागी हुन लागेका हुन् ।
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र पहिचानको सन्देशसहित एमालेले आफ्ना सभासदलाई पहिलो बैठकमै ड्रेस कोडमा उपस्थित हुन निर्देशित गरेको छ । एमालेले पुरुष सभासदका लागि सामान्यता सेतो रङको दौरा सुरुवाल, सरकारी कर्मचारीहरुले लगाउँदै आएको गाढा नीलो टोपीमा शपथग्रहण समारोहमा सहभागी हुन निर्देशित गरेको छ । त्यस्तै महिला सभासदलाई जुनसुकै रङको साडी, चोलो लगाएइर पनि पुरुष सभासदहरुले लगाउने रङकै कोटमा उपस्थित हुन भनेको छ ।
सामान्यतया सबै सभासदलाई एउटै ‘ड्रेस कोड’मा अनिवार्य उपस्थित हुन भने पनि जनजाति समुदायका सभासदका हकमा भने सो ‘ड्रेस कोड’ स्वैच्छिक गरिएको छ । उनीहरुले आफ्नो पहिचान झल्किने भेशभूषाको ‘ड्रेस’मा पनि बैठकमा सहभागी हुन पाउनेछन् । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.