बार्सिलोना ५९ औं हप्ता शीर्ष स्थानमा

१३ माघ, काठमाडौं । बार्सिलोनाले लगातार ५९ औं हप्ता स्पेनिस ला लिगा फुटबलमा शीर्षता कायमै राखेको छ । आइतबार राति भएको खेलमा मालागालाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना २१ खेलबाट ५४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो ।
रायो भालेकानोलाई ४–२ ले पराजित गरेको एथ्लेटिको मड्रिडको पनि समान अंक छ । गोल अन्तरमा पछि पार्दै एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ । समान खेलबाट ५३ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि पिके, पेड्रो र सान्चेजले समान एक–एक गोल गरे । गोलका लागि उत्कृष्ट पास मिलाइदिएका लिओनल मेस्सीले भने कुनै गोल गरेनन् ।
सेप्टेम्बर २८ पछि उनले ला लिगामा गोल गरेका छैनन् । चोटका कारण झण्डै दुई महिना मैदानबाहिर रहेका उनले उपचारपछि तीन खेल खेलेका छन् । मेस्सीले ला लिगामा १ सय २० दिनबढी बढी समय गोल नगरेको २००६÷७ को सिजनपछि यो पहिलो पटक हो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.