नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्दै

१२ माघ, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गर्ने तयारी गरेका छन् । आझ साँझ शीतलनिवासले सरकार गठनका लागि आह्वान गर्दैछ ।

अन्तरिम संविधानको धारा ३८ (१) अनुसार राजनीतिक दलको सहमतिमा प्रधानमन्त्रीको नाम पेश गर्न राष्ट्रपतिले सात दिनको म्याद सहित विज्ञसिप्त जारी गर्न लागेको शीतलनिवास स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
‘राष्ट्रपतिले आजै सरकार गठनका लागि आह्वान गर्दै हुनुहुन्छ, यसका लागि विप्तिको तयारी भइरहेको छ, आइतबार शीतलनिवासका एक अधिकारीले अनलाइनखबरलाई बताए । व्यवस्थापिका संसदको पहिलो अधिवेशन आह्वान भएकै दिन शीतलनिवासले सरकार गठनको आह्वान गर्न लागेको हो ।
अन्तरिम संविधानअनुसार राष्ट्रपतिले तोकेको समयमा दलहरुले सहमतिका आधारमा प्रधामन्त्रीको नाम वेश गर्न नसके बहुमतीय आधारमा संसदबाट प्रधानमन्त्री छनोट गर्न राष्ट्रपतिले अर्को आह्वान गर्नेछन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.