स्याङ्जामा विन्धवासिनीका १० वटा भिडियो छायांकन हुने : सुबास रेग्मी

प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्याङ्जाका विभिन्न स्थलहरू म्युजिक भिडियो छायांकनका लागि आकर्षणका केन्द्र बन्न थालेका छन् । यसै साता विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले उत्पादन गर्ने १० वटा म्युजिक भिडियो स्याङ्जाका विभिन्न धार्मिक एवम् प्राकृतिक स्थलमा छायाङ्कन हुँदैछन् । छायांकन गर्न लागिएका गीतहरुमा गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, निसा देसार, प्रमोद खरेल लगायतका गायक तथा गायिकको आवाज छ ।
जिल्लाको हेलु, लामाचौर, गैह्राथोक, छाङ्छाङ्दी, वालिङ, करेण्डाँडा, भालुपहाड, राङ्खोला, मिर्मीमा रहेको कालीगण्डकी ‘ए’को बाँध तथा विद्युत्गृह, सेतीवेणीको शालिग्राम शिलालगायतका करिब १२ वटा स्थानमा म्युजिक भिडियो छायाङ्कन गर्न लागिएको बिन्ध्यवासिनी म्यूजिक प्रालीका अध्यक्ष सुवास रेग्मीले बताए ।
स्याङ्जामा बर्सेनि ८-१० वटा म्युजिक भिडियो छायाङ्कन गरिएको भए पनि स्थानीयवासीले सहयोग नगरेको रेग्मीको गुनासो छ । जिल्लाका २४ वटा पर्यटकीय क्षेत्र भिडियो छायाङ्कनका लागि उपयुक्त छन् । स्थानीयले सक्रियता देखाएर पर्यटकीय क्षेत्रको व्यवस्थापन गर्न सकेमा आम्दानीको दरिलो आधार बन्न सक्ने सरोकारवालाहरूको भनाइ छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
source:onlinekhabar

,

0 comments

Write Down Your Responses

Powered by Blogger.