कसले खिच्यो हलभित्रै ‘छ एकान छ’ ?

source:onlinekhabar प्रदर्शनको तेश्रो सातमा लागेको सफल चलचित्र ‘छ एकान छ’ को करिब ५० मिनेटको दृश्य यूट्यूबमा भेटिएको छ । मोबाइलबाट खिचेकाले पनि यो यूट्यूबमा हालिएको दृश्य निक्कै कमजोर छ ।

सन्दिप मगर नाम गरेका एक व्यक्तिले आफ्नो यूट्यूव एकाउन्टमा सिनेमाको केही दृश्य अपलोड गरेका छन् । सिनेमाको केही दृश्य  यूट्यूबमा आएपछि निर्मात्री दीपाश्री निरौलाले नेपालमा गरिखान नदिने रैछन् भनेर प्रतिक्रिया दिएकी छिन् । मोबाइलबाट खिचिएकाले पनि सिनेमाको दृश्य स्पष्टसँग हेर्न र वुझ्न गाह्रो पर्छ । तर पनि हल भित्रै बसेर एक व्यक्तिले ५० मिनेटको दृश्य खिच्नुलाई सामान्य मान्न भन सकिदैन ।
यता सन्दिप भन्ने व्यक्ति बाफलमा बस्छन् भन्ने थाहा पाएपछि प्रहरी परिचालित भएको दीपाले बताइन् । उनले प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ, आजसम्म सबैकुरा बाहिर आउछ भन्ने जानकारी दिएकी छिन् । पौष २६ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको यो हाँस्य सिनेमाले १ करोड माथिको ग्रस कलेक्शन गरिसकेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.