पियक्कड गायिका :केशा सेबर्ट

अमेरिकी पप गायिका केशा सेबर्ट २६ वर्षकै उमेरमा पियक्कड गायिकाका रूपमा चिनिन थालेकी छिन्। पप स्टारको छवि बनाइसकेकी यी गायिकालाई रक्सीको लतका कारण अहिले हिँडडुल गर्न समेत अर्काको सहारा लिनुपर्ने अवस्था सिर्जना भएको छ।
यो नराम्रो लतबाट छुट्कारा पाउन उनले यसै सातादेखि करिब ३० दिने उपचार गराउन थालेकी छिन्। शाकाहारी भए पनि केशालाई मदिरापानको बानी कसरी लाग्यो, उनी स्वयंलाई थाहा छैन। यतिबेला आएर आफ्नो नराम्राे बानी सुधार्ने प्रयासमा जुटेकी केशा आगामी एक महिनासम्म कुनै पनि सांगीतिक कार्यक्रममा देखिने छैनन्। चिकित्सकहरूले उनको 'इटिङ डिसअडर' को समेत उपचार गरिरहेका छन्। संगीत पारखीहरू उनलाई गायिका, गीतकार तथा गिटारिस्टका साथै सेक्सोफोनवादकका रूपमा समेत चिन्छन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.