सुटिङमा शाहरुख खान घाइते, अस्पताल भर्ना

बलिउड स्टार शाहरुख खान सुटिङका क्रममा घाइते भएका छन् ।
बिहीवार मुम्बईको जुहुस्थित म्यारिओट होटलमा फिल्म ‘ह्याप्पी न्यू इयर’ सुटिङका दौरान शाहरुख घाइते भएका थिए ।
सुटिङ गरिरहेका ढोका उनको टाउको माथि खस्दा चोट लागेको बताइएको छ । रगत बगिरहेको अबस्थामा उनलाई नानावति अस्पताल भर्ना गरिएको थियो ।
चिकित्सकले उनको अबस्था चिन्तामुक्त रहेको र ठूलो समस्या नभएको बताएका छन् ।
निर्देशक फराह खानले पनि शाहरुखको चोट गम्भीर र ठूलो नभएको जानकारी दिँदै केही दिनमै सुटिङमा फर्किने बताइन् ।
शाहरुखको कार्यालयका तर्फबाट एक प्रेस नोट जारी गर्दै उनलाई सामान्य चोट लागेको र स्वास्थ्य उपचार भइरहेको जानकारी दिइएको छ । उनको स्वास्थ्यको बारेमा चासो र शुभेच्छा राख्नेहरुप्रति धन्यवाद दिइएको छ ।
सुटिङका बेला अभिनेताहरु अभिशेक बच्चन, सोनू सुद र अभिनेतृ दिपीका पादुकोण पनि साथै थिए । ढोका कसरी उनको टाउकोमाथि बज्रिन गयो भन्नेबारेमा निर्माण पक्षले केही पनि बताएको छैन् ।
साहरुख घाइते भएलतगै चलचित्रको छायांकन रोकिएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमालाई फराहा खानले निर्देशन गरिरहेकी छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.