बितरकले भनेपछि ‘टुपिस’ लाइन् सोहाले

मुम्बई । हिन्दी फिल्म ‘जो भी करवालो’मा प्रयोग गरिएको पोष्टरवारे चर्चा सुरु भएको छ बलिउडमा ।  यस फिल्मको पोष्टरमा अभिनेत्री सोहा अलि खान ‘टुपीस’मा प्रस्तुत भएकी छिन् ।
तपाई त विकनीमा देखिनु भएछ नि ?
भन्ने संवाददाताको प्रश्नको जवाफ दिादै सोहाले भनेकी थिईन् ‘बितरकले पोष्टरलाई ग्ल्यामरस बनाउन  ‘टुपिस’ मा फोटो सुट गर्नुपर्छ भन्नु भयो मैले गरिदिएा ।’
फिल्मको पोष्टरलाई आकर्षक बनाउनकै लागि वितरकले हिरोईनलाई ग्ल्यामरस भंगीमा प्रस्तुत हुन आदेश दिए भने हिरोईनले पनि त्यसै गरिन् । रमाईलो कुरा दर्शकले पनि पोष्टर हेरेरै चित्त बुझाए । फिल्म हेर्ने झन्झट गरेनन् । फिल्म असफल भयो । फिल्म असफल भएको विषयमा भने सोहाको कुनै टिप्पणी छैन । आफ्नै दाई सेफअलि खान अभिनित हमसक्कल उनले अहिलेसम्म हेरेकी छैनन् । सोहाका अनुसार दाइले नै हमसक्कल नहेर्न भनेका छन् रे उनलाई । ‘दाईले नै हमसक्कल नहेर्नु बोर हुन्छ भनेपछि मैले हेरिन ।’ उनले भनिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.