दुई सयको ज्याकेट विशाल बजारमा २७ सय !

व्यापारीले सामान्य कपडामा कतिसम्म नाफा खान्छन् होला ? तपाईको अनुमान हुन सक्छ, १५, २०, २५ वा बढीमा ५० प्रतिशतसम्म । यदि तपाई यस्तो सोचिरहनुभएको छ भने गलत हुनुहुन्छ ।
राजधानीको न्यूरोडमा रहेको व्यस्त सपिङ कम्प्लेक्स बिशाल बजारका व्यापारीहरुले १३ गुना बढी मूल्य लिएर कपडाहरु बिक्री गर्ने गरेको भेटिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट आइतबार अनुगमनमा गएको टोलीले यस्तो तथ्य फेला पारेको हो ।
बिशाल बजारमा रहेको पसल नम्बर ४५ आर.एस.ए त्रिसाले ३७३ रुपैयाँमा खरिद गरेको ज्याकेट ३५ सय ४० रुपैयाँ र १७ सयमा खरिदगरेको सुटकेश व्याग २३ सय ४५ रुपैयाँमा बिक्री गरेको अनुगमन टोलीले फेला पारेको छ ।
त्यसैगरि, विशाल बजारकै पसल नम्बर ४४ को इन्टर शोप पसलले मिडियम प्यान्ट र सर्टको मूल्य खरिद बिलमा २ सय ८७ रुपैयाँ रहेकोमा क्रमशः २२ सय ५० र १२ सय रुपैयाँमा बिक्री गरेको भेटिएको छ ।  पसल नम्बर ४३ मा रहेको रेडिमेड स्टोरले पनि उपभोक्ता ठगि गरेको भेटिएको छ । यो पसलले २ सय १ रुपैयाँमा खरिद गरेको ज्याकेट २७ सय रुपैयाँमा बिक्री गर्न राखेको भेटियो ।
पसल नम्बर ४२ मा रहेको ओक ल्यान्डले जिन्स पाइन्ट ३ सय रुपैयाँमा खरिद गरी ११ सय रुपैयाँमा र टिसर्ट ७६ रुपैयाँमा खरिद गरी हजार रुपैयाँमा बिक्री गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
उपभोक्तालाई निरन्तर ठगि गर्दै आएका विशाल बजारका व्यापारीहरुले अनुगमन टोलीलाई अवरोध गरेका थिए ।पसलहरु एकाएक बन्द गरेर विरोधमा उत्रिएपछि अनुगमन टोली ४ वटा पसलहरुको मात्र अनुगमन गरेर फर्किएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.