हराइरहेकी मिस होन्डुरस मृत फेला

सान्टा बारबरा, मंसिर ३ – सन् २०१४ को मिस वल्र्डमा भाग लिन लण्डन उड्न केही दिनअघि देखि हराइरहेकी मिस होन्डुरस मृत फेला परेकी छिन् । बिबिसीका अनुसार १९ वर्षीय मारिया होजे अल्भाराडो र उनकी दिदी २३ वर्षीय सोफिया ट्रिनिडाड आगुवागुवा नदी छेउ रहेको काब्लोटेल्स गाउँमा मृत फेला परेका हुन् ।

गत अप्रिलमा मात्र मिस होन्डुरसको उपाधि जितेकी मारिया एक गत बिहिबार एक पार्टीबाट फर्किएदेखि आफ्नो दिदीसँगै हराइरहेकी थिइन् ।
यस मामिलामा सोफियाका प्रेमीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
न्युयोर्क टाइम्सका अनुसार सोफियाका प्रेमीले उनीहरुको गोली हानी हत्या गरेका हुन् । पार्टीमा सोफियाले अर्को केटासँग नाचेको झोकमा उनलाई गोली प्रहार गरिएको थियो । त्यो देखेर भाग्न खोजेकी मारियालाई ढाडमा २ गोली हानिएको बताएको छ ।
मारिया र उनको दिदी आफ्नो आमाबाबुसँग अपराधका लागि कुख्यात मानिएको सान्टा बारबारा सहरमा समय बिताइरहेका थिए । उनी मिस वल्र्डका लागि आज लण्डनका लागि उड्ने कार्यक्रम थियो । प्रतियोगिता भोलीबाट शुरु हुँदैछ ।
सान्टा बारबराबाट ३० माइलको दुरीमा रहेको सान पेड्रो सुलालाई विश्वकै हत्याको राजधानी मानिन्छ । त्यहाँ वर्षीक १२ सय हत्या हुने गरेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.