भारतीय गुरुको आश्रमबाट ६ को शव बरामद

उत्तर भारतमा अवस्थित एक आश्रमबाट प्रहरीले बुधबार पाँचवटा शव बरामद गरेको समाचार छ । एक व्यक्तिको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई पनि त्यहीँ सिकिस्त अवस्थामा अस्पताल लगिएको थियो ।
सो आश्रममा प्रहरीको पक्राउ वारेन्टमा परेका ६३ वर्षीय रामपाल महाराज नामक एक गुरुलाई लुकाइएको भनि प्रहरी र गुरु समर्थकबीच झडप जारी रहेको छ । पक्राउ पूर्जी जारी गरिएका रामपाललाईसो आश्रममा उनका समर्थकले अझै लुकाएर राखिएको प्रहरीले अनुमान गरेका छन् । प्रहरीका अनुसार बरामद भएका शवहरुमा चार महिला रहेका छन् । ती महिला किन र कसरी मारिए भन्ने बारेमा केही खुलेको छैन । हत्या र अन्य विभिन्न आरोपमा एक अदालतले पक्राउको आदेश जारी गरेपछि मङ्गलबार आश्रमस्थित उनका सयौं समर्थकले विरोध प्रदर्शन गर्नुको साथै प्रहरी भ्यानहरु आगजनी समेत गरका थिए । रामपाल समर्थक सयौं प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा अश्रूग्याससमेत प्रयोग गर्नुपरेको बताइएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.