बलात्कारका अभियुक्तले भने- रक्सीको नशामा गल्ती भयो

सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बारा प्रहरीले कलैया-४ निवासी २८ वर्षीय कन्हाई गुप्तालाई पक्राउ गरेको छ ।
शुक्रबार अपहरणमा परी बलात्कारपछि शनिबार बिहान फेला परेकी बालिकाको उपचार वीरगञ्जमा हुन नसकेपछि काठमाडौं लगिएको छ ।
कलैयामा पत्रकार सम्मेलन गरी प्रहरीले बालिका बलात्कार घटनामा संलग्न रहेको भन्दै कन्हाइलाई सार्वजनिक गरेको छ ।
प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा अभियुक्त गुप्ताले रक्सीको नशामा आफूबाट गल्ती भएको स्वीकारेका छन् ।
गत शुक्रबार कलैया बजारमा आफ्नै बुबाको पसलमा खेलिरहेको अवस्थामा ती बालिकालाई गुप्ताले हात समातेर लगेको प्रहरीले जनाएको छ ।
रक्सीले मातिएका उनले बजारभन्दा पश्चिममा रहेको श्री ३ चन्द्र उच्च माविको दक्षिणतिर फोहोर फ्याँक्ने ठाउँमा बलात्कार गरी छाडेर भागेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए ।
‘उनी रक्सी र गाजा खाएर मातिएका थिए, बालिकालाई लग्नुअघि उनले एक अर्की बालिकालाई उठाउन खोजेका थिए’ प्रहरी उपरीक्षक मल्लले भने ।
-सुवासप्रसाद साहबाट
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.