बेहुलाले कपडा खोल्न नसकेपछि सुहागरातमै पिटिइन् बेहुली

इंग्ल्याण्डको सन्डरल्याण्डका गाभिन गोलाइट्लीले हालै मात्र लण्डनकी एमी डोसनसँग विवाह गरे । सुहागरातको सुन्दर कल्पनामा जब यो जोडी विस्तारमा पुग्यो तब आनन्द हैन, पीडा सुरु भयो ।
विस्तारामा नपुग्दै बेहुलाले बेहुलीमाथि कुटपिट सुरु गरे । कारण थियो- बेहुलीको कपडा खोल्न बेहुलालाई कठिन भयो । घटना सामान्य ठाकठुकमा मात्र सिमित रहेन ।
बेहुला बेहुलीमाथि यति धेरै खनिए कि बेहुलीलाई बचाउन होटलका कर्मचारी नै आउनु पर्‍यो । पीडित बेहुलीले प्रहरीलाई दिएको जानकारी अनुसार गोलाइट्लीले बेहुली डोसनले लगाएको कपडा फुकाल्न गाह्रो भएको थियो । त्यसपछि आक्रोसित गोलाइट्ली यति भडि्कए कि उनले पहिले पत्नीलाई लडाए र बेस्सरी भर्कुन थाले ।

त्यसक्रममा आफूलाई अब मरिन्छ क्यारे भन्ने लागेको डोसनले बताएकी छन् । आफू एक पटक बेहोसै भएपछि गोलाइट्लीले छाडेर गएको उनले दाबी गरेकी छिन् । फेरि होसमा आएपछि आफूले भोग्ने प्रयास गरेको तर, पति फेरि आएर कुटपिट गरेको उनले बताइन । उनले अब गोलाइट्लीसँग डिभोर्स मागेकी छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.