गेष्ट हाउसको भग्नावशेषमा पुरिएको २४ घन्टापछि जिवितै उद्दार

काठमाडौं । विनाशकारी भूकम्प गएको २४ घन्टापछि काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसबाट एक युवकको जिवितै उद्दार गरिएको छ ।
भूकम्पका कारण पर्वत गेष्ट हाउस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भूकम्पले भवन भत्किएपछि १६ वर्षका संजिव राणा भित्रै चेपिए ।

शनिबार दिनभर उनी भत्नावशेषमा थुनिए । आइतबार विहान उक्त भवनमा एक किशोर पुरिएको खबर आएपछि सशस्त्र प्रहरीको टोली गएको छ ।
सशस्त्रको विपत उद्दार डेक्सको टोली गयो । टोलीले थप सहयोग चाहिने भएपछि रेस्क्यु टीम समेत पुगेको थियो । सशस्त्र प्रहरीसहितका सुरक्षा निकायको सहयोगमा घरको ढलान समेत काटेर राणाको उद्दार गरिएको छ ।
झण्डै १० घन्टाको प्रयासपछि उनलाई जिवितै उद्दार गर्न सकिएको सशस्त्र प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.