काठमाडौबाट धमाधम घर फर्किँदै सर्वसाधारण

१६ वैशाख, काठमाडौ । भूकम्पले काठमाडौमा महाविपत आइपरेको भन्दै विभिन्न पेशा, ब्यवसाय अंगालेर काठमाडौमा बसेका नागरिकहरु घर फर्किरहेका छन् । अधिकांश घर फर्किन चाहेपछि सरकारकै समन्वयमा हिसानले बुधवारदेखि निःशुल्क रुपमा घर फर्काउने ब्यवस्था मिलाएको छ ।
काठमाडौ उपत्यकासहित देशका भूकम्प प्रभावित क्षेत्रहरुमध्ये कतिपय ठाउँमा अझै घर तथा टहरा भत्किएर पुरिएकाहरुकोसमेत उद्धार हुन सकेको छैन ।
भूकम्पले राजधानीकै साँखु, कीर्तिपुर, गोंगबु लगायतका ठाउँहरु बढी प्रभावित भएका छन् भने ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, गोरखा, लमजुङ जिल्ला भूकम्बाट बढी प्रभावित छन् ।
निजामती कर्मचारी पनि घर फर्किदै
भूकम्पबाट प्रभावितहरुको उद्धार तथा पीडितहरुलाई राहत उपलब्ध हुन नसकिरहेका बेला जनताको सेवा गर्ने सपथका साथ जागिर खाएका निजामती कर्मचारीहरु पनि घर फर्किरहेका छन् ।
भूकम्पबाट ठूलो क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि निजामती कर्मचारीहरु पनि घर फर्किन थालेका हुन् । भूकम्पबाट देश आक्रान्त भएको भन्दै छिमेकी राष्ट्रहरु भारत, चीन, भुटान, अमेरिका लगायतका विभिन्न देशहरुबाट उद्धारका लागि टोलीहरु नेपाल आइरहेको बेला देशकै निजामती कर्मचारीहरु धमाधम भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न छाडेर गाउँ फर्किएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.