भूकम्पका बेला याद राख्नुपर्ने केही जानकारी

भूकम्प कहिले जान्छ र कत्रो जान्छ भनेर कसैले भन्न सक्दैन। कसैले यति बजे यत्रो भूकम्प जाँदैछ भनेर भन्यो भने त्यस्तो हल्लाको पछि नलाग्नुहोला। एउटा ठूलो भूकम्पपछि मध्यम र साना खालका धेरै धक्काहरु आउनु सामान्य प्रक्रिया हो। त्यस्तो बेलाका लागि सचेत र सजग रहनुहोला । भूकम्पका बेला घर, पुल र बिजुलीका लाइनमा क्षति हुने तथा शीशा फुट्न सक्छन्।
भूकम्प गइहालेमा आफू कसरी सुरक्षित हुने भन्ने बारेमा सचेत रहनुहोला। समूहमा बस्नुभएको छ भने आफ्नो स्वास्थ्य र सरसफाइमा ख्याल राख्नुहोला। जोहो खानेपानी र खानेकुराको जोहो कसरी गर्ने भनेर ध्यान दिनुहोला। दिशा पिसाब कहाँ गर्ने भनेर जानकारी राख्नुहोला र निश्चित तोकिएको ठाउँमा मात्र दिशा पिसाब गर्ने र फोहर फाल्ने गर्नुहोला। भूकम्पपछि फैलिने महामारीले धेरैको मृत्यु हुन्छ। महामारीको कारक तपाईं नबन्नुहोला । सम्भव भएसम्म उमालेको पानी मात्र पिउनुहोला नत्र पानी शुद्ध पार्ने विभिन्न विधी र ओखतीको प्रयोग गरेर पानी पिउनुहोला। भत्किएका भवन, संरचना र भग्नावशेषमा पुरिएका, च्यापिएका र थुनिएका व्यक्तिको उद्दारमा विशेष सावधानी अपनाउनुहोला। क्षति तालिम नलिएको व्यक्ति र आवेगमा आएर गरिने उद्दारले सहयोग गर्न खोज्दा थप क्षति पुग्न सक्छ। आफू सुरक्षित र सबल हुनुहुन्छ भने समुदायलाई सहयोग गर्न हरदम तयार रहनुहोला। तपाईंको सहयोगले क्षति कम मात्र हुने हैन कसैको ज्यान जोगिन पनि सक्छ। सरकारले सोमबार रातिदेखि भूकम्प प्रभावितहरुका लागि आवश्यक हुने जुनसुकै सेवाका लागि हेल्पलाइन पनि सुरु गरेको जनाएको छ। तपाईंले १२३४ नम्बरमा नि: शुल्क सम्पर्क गरी आवश्यक जानकारी लिन वा दिन सक्नुहुन्छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.