बालकको शव देखेर महिलाको ज्यान गयो

तीन बालकको डुबेर मृत्यु राजविराज :
 सप्तरीको अलग–अलग ठाउँमा बिहीबार पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ । पोखरीमा डुबेर ज्यान गएका बालकको शव पोखरीमा तैरिरहेको देखेर एक महिलाको पनि मृत्यु भएको छ । वभनगामा कट्टी गाविस–२ तोपाका विजय दासका १२ वर्षीय छोरा मनिषकुमार दासको बिहीबार पोखरीमा डुबेर मृत्यु भएको हो । बालकको शव पोखरीमा तैरिरहेको देखेर बेहोस भएकी स्थानीय बुधमल दासकी ५५ वर्षीया श्रीमती उमिर्लादेवी दासको समेत हृदयघात भई मृत्यु भएको निवर्तमान वडा अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।
विद्यालयबाट पढेर घर आएका मनिषको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो । यसैगरी बिहीबार दिउँसो तिलाठी गाविस २ का श्यामनारायण साहका छोरा १० वर्षीय आशिषकुमार साहको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । त्यसअघि बरमझिया गाविस २ का अशोक दासको छोरा १० महिनाका सुमित दासको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । घरमा रहेको ट्युबेलको पानी जमेको खाल्डोमा डुबेर सुमितको मुत्यु भएको प्रहरी निरीक्षक मेघराज थापाले बताए । मृतकको शव पोष्टमार्टम गर्न सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो घटनाले गाउँबासी स्तब्ध भएका छन् । -  
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.