तपाइको आजको राशिफल !!



वि.सं.२०७२ साल वैशाख २५ गते। शुक्रबार। शकसंवत् १९३७। इश्वी सन् २०१५ मे ८ तारिख। नेपाल संवत् ११३५ वछलागा। कीलक संवत्सर। उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, बिहान ८:२३ बजेदेखि पञ्चमी। नक्षत्र– मूल, दिउँसो १२:२८ बजेपछि पूर्वाषाढा। योग– सिद्ध, साँझ ६:१२ बजेउप्रान्त साध्य। करण– वालव, बिहान ८:२३ बजेदेखि कौलव, साँझ ७:४७ बजेउप्रान्त तैतिल। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:२२ बजे, सूर्यास्त– ६:४० बजे र दिनमान ३३ घडी १७ पला।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविभिन्न अवसरले पछ्याउनेछन्। तर, साथसाथै चुनौतीसमेत देखिनेछन्। स्वास्थ्य अलि प्रतिकूल बन्नेछ। व्यावसायिक काममा खर्च बढ्नेछ। सेवामूलक काममा पनि अवरोध सामना गर्नुपर्ला। आफ्नै प्रयत्नले काम सफल बनाउन सकिनेछ। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। सहयोगको आशा देखाउनेहरूले बीचमा धोका दिन सक्छन्, सचेत रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन्। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiदिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग पनि छ। व्यावसायिक काममा थप प्रोत्साहन पाइनेछ। व्यापार–व्यवसायमा विशेष लाभ होला। यात्रा पनि सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ। प्रेमको बन्धन पनि कसिने बेला छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerव्यापार तथा आर्थिक कारोबारमा रामै्र फाइदाको योग छ। अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रु र रोगबाट छुटकारा पाइएला। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। काममा अवरोध पुर्याउनेहरू सक्रिय हुनेछन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसहयोगीहरूले साथ दिनेछन् र आयआर्जनका काममा सोचेजस्तै सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला। इज्जत र इमानदारितामाथि प्रश्न उठ्न सक्छ, सचेत रहनुहोला। प्रतिस्पर्धी र शत्रुपक्षलाई परास्त गर्न सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। बाध्यताका काममा खर्च समेत हुनेछ। वादविवादमा परिने समय छ, विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पुग्ने समय छ। काममा केही विघ्नबाधा आउलान्। तर, सद्व्यवहारमा जुट्नेहरूलाई समय अनुकूलै रहनेछ। व्यवसायमा फाइदा हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusधेरै लगानीपछि अलि कम प्रतिफल पाइएला। अरूको भरण–पोषणमा खर्च हुनेछ। सञ्चित रकम समेत खर्चनुपर्ला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा केही कम र व्यापारमा प्रशस्त फाइदाको योग छ। तर श्रमकोे समुचित मूल्यांकन भने नहुन सक्छ। केही मालमत्ता हराउन सक्छन्, सचेत रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्काल नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने समय छ। लगानीको प्रतिफल कम पाइएला। सोख पूर्ति गर्नमा र अरूको सेवामा खर्च हुनेछ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.